६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँ नै आगो लगाउने पक्राउ

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।  

यही चैत २१ गते उनले मुल्ली बस्तीमा आगो लगाएका थिए। आगलागीबाट २९ घर पूर्ण रुपमा जलेका थिए। १५ घरमा आंशिक क्षति भएको थियो। पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै बस्ती जलेको बताएका छन्।  

प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलोपटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बताए।  

यसअघि जुम्ला तिला गाउँपालिका ७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए। पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो। मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभएपनि अन्नपात पूर्णरुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोरा बताउँछन्।

प्रकाशित: २७ चैत्र २०७७ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App