coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच

ऐसेलुखर्कमा आयोजित स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी। तस्बिर सौजन्य: राजकुमार बस्नेत

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा एक हजारभन्दा बढि सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ। ऐसेलुखर्क गाउँपालिकाको आयोजना एवं काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसि) सिनामंगलको चिकित्सक तथा उपकरण सहयोगमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ३६५ सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो।

शिबिरमा १६२ जनाको इसिजि, १९२ जनाको ल्याव परिक्षण, २०४ जनाको यूएसजी, २६ जनाको किराले खाएको दाँत निकालिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए। एक दिने स्वास्थ्य शिबिरमा विभिन्न रोगका कारण अप्रेसन गर्नुपर्ने अवस्थाका २८ जना बिरामीको पहिचान गरिएको छ। अप्रेसन गर्नुपर्ने अवस्थाका बिरामीलाई काठमाडाैं मेडिकल कलेजमा ५० प्रतिशत छुटमा अप्रेसन गर्ने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष निरौलाले बताए। अस्पतालमा पाइने सेवा गाउँमै उपलब्ध हुँदा सर्वसाधारण लाभान्वित भएका छन्।  

नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलको समन्वयमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो। स्वास्थ्य शिबिरमा स्त्री रोग, वाल रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा, जनरल सर्जन, दन्त सेवा, फिजिसियन, आँखा, ल्याव टेष्ट, इसिजी, भिडियो एक्स–रे लगायतका सेवा उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ। शिबिरका लागि काठमाडाैं मेडिकल कलेजका १८ जना विशेषज्ञ डाक्टर सहित ३५ जनाको टोली आएका छन्।  

स्वास्थ्य शिबिर कांग्रेस महासमिति सदस्य पोखरेलको प्रमुख आतिथ्यता, संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती वजिमयको विशेष आतिथ्यता तथा गाउँपालिका अध्यक्ष निरौलाको सभापतित्वमा उद्घाटन गरिएको थियो। बैशाख ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिलामा, बैसाख ७ गते हलेसी तुवाचुङ नगरपालिकामा र बैशाख ८ गते रावाबेँसी गाउँपालिकाको हरम्टारमा सोही प्रकृतिको स्वास्थ्य शिबिर सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रकाशित: ५ वैशाख २०७८ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App