११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

'अहिले जग मात्रै बसाल्यौ, परिणाम केही समयपछि देखिन्छ’

रखाको ११ वटा स्थानीय तहउच्च पहाडी भेगमा पर्ने अजिरकोट गाउँपालिका एउटा हो । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेकलाई मात्र कालोपत्रे सडकले छोएको छ । भौगोलिक विकटताका कारण गाउँपालिका भित्र पूर्वाधार बिकासमा बजेट अभाव हुने गरेको जनप्रनिधिको गुनासो छ ।

सर्वसाधारण भोकै, सरकारको खाद्यान्न नष्ट

लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।

सरकारी राहत : असहाय भोकै,खाद्यान्न नष्ट

गत बैशाखमा खरिद गरेर ल्याईएको उक्त खाद्यान्न वडाकै स्टोर कक्षमा राखियो । झण्डैै बर्ष दिन पुग्नै लाग्दा किरा पर्न थाले । अनि दाल सहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘बीस किलो जति दालमा किरा पर्न थाले,अनि खान लायकनै नहुने भएपछि दाल नष्ट गर्यौँ,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने ‘तेल पनि केहि नष्ट भयो ।’ उनका अनुसार तेल स्टोर कक्षमै पोखिएर नष्ट समेत भैसकेको थियो ।

रुपामा जन्मिएकालाई ‘रुपा–रत्न’ सम्मान

कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकामा जन्मेर साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती कमाएका १३ जनालाई ‘रुपा–रत्न’ सम्मानबाट सम्मानित गरेको हो ।

मादीको सट्टा हाइड्रोपावर गाउँ

हिमालकै फेदमा छ कपुचे ताल। त्यही ताल मादीको मुहान हो। तालबाट निस्किएको पानी तल झर्दै गएपछि बाहव बढ्दै नदीको रूप लिएको छ। उक्त मादी नदीकै नामबाट कास्कीको उत्तरपूर्वमा रहेको मादी गाउँपालिकाको नामाकरण हुन पुगेको थियो। अहिले भने मादी गाउँपालिकाको परिचय फेरिएको छ। अहिले मादीलाई ‘हाइड्रोपावर गाउँ’ भन्न थालिएको छ।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

जर्सीगाई र दुहुनो भैंसी पाल्न आरुघाट गाउँपालिकाको अनुदान

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पशुपालनमा अनुदान बितरण गरेको छ ।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

धेरै फलाउने किसानको खातामा १ लाख

दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साह पुरस्कार स्वरुप १ लाख रुपैयाँ दिएको छ। नवौँ गाउँसभाको अवसरमा धेरै फलाउने किसानलाई पुरस्कृत गरीएको छ भने पुरस्कार बापतको १ लाख रुपैयाँ किसानको बैँक खातामा जम्मा गर्ने तयारी गरेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार आइतबार पुरस्कृत किसानको खातामा यो रकम जम्मा हुने छ।

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।

भारतसँग जोडिएका नाका सञ्चालनमा नआउँदा समस्या

शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन्। घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ।

सुदूर पहाडमा ढिके नुन प्रयोगमा कमी

‘आयोडिनमा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ र आयोडिनको कमीले विभिन्न रोगको संक्रमण हुन्छ भन्ने थाहा पाएपछि आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न थाल्यौं,’ मीनबहादुरले भने, ‘आफूसँगै अहिले घरपालुवा जनावरलाई समेत प्याकेटको नुन खुवाउने गरेका छौं।’

१६० विद्यार्थी अट्ने हिमाली छात्रावास

१६ कोठे छात्रावास भवनको शनिबार आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्यान्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका छन्।साँघुरो गरी बस्दै आएका विद्यार्थी छात्रावास भवन नयाँ बनेसँगै खुसी भएका छन्।

विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्