२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । आईतबार राति काठमाडौबाट रोल्पा आएका उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि मृगौला रोगी रहेका २२ वर्षिय उक्त युवक काठमाडौस्थीत टिचिङ अस्पतालबाट डायलसिस गरेर रोल्पा आएको परिवारले बताएको छ ।

जुम्लाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यकर्मी र पत्रकाहरुको कोरोना परीक्षणका लागि संकलन गरेको स्वाबको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । धेरैसँग सम्पर्कमा रहने भएका कारण तुलनात्मक रुपमा जोखिममा रहेका स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वाब संकलन गरिएको थियो । कर्णाली प्रदेशको सुर्खेतपछि जुम्लामा सञ्चारकर्मीहरुको स्वाब परीक्षण गरिएको थियो ।

सन्धिखर्कको छाँया पोलिक्लिनिक सिल

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका पुरुषले अर्घाखाँचीको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिकलाई सिल गरिएको छ । उनले सन्धिखर्क नगरपालिका–१ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।

गुल्मीमा कोभिड-१९ को पहिलो बिरामी,लकडाउन सुरु भए यता गाउँमै थिए

गुल्मीमा पहिलो पटक कोरोना भाइरसको बिरामी भेटिएको पुष्टि भएको छ। आज अपराह्न पुष्टि भएका ५३ जना नयाँ संक्रमित मध्ये गुल्मीका ४१ वर्षीय पुरुषको स्वाब स्याम्पल भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

वीपी प्रतिष्ठानको प्रसुती वार्ड सिल

धनकुटाकी कोरोना संक्रमित स्टाफ नर्सले रिफर गरेकी सुत्केरी महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक नर्सको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रेस काउन्सिलको पहलमा पत्रकारको कोरोना परीक्षण

काठमाडौं प्रेस काउन्सिलको पहलमा पत्रकारहरुको कोरोना परीक्षण गरिएको छ। काउन्सिलको कार्यालय सिनामंगलमा पत्रकारहरुको स्वाब संकलन गरिएको थियो। फ्रन्टलाईनमा खटिएका सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षण गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

दुई पुरी र पानीकै भरमा दिन कटाउँदै प्रवासी नेपाली

शुक्रबार र शनिबार गरेर धनगढीको गौरीफन्टा नाका भएर ७ सय ५८ जना प्रवासी नेपाली भित्रिएको खबर सुनेपछि भारतको राजस्थान, मुम्बई लगायतका ठाउँबाट पाँच सय १२ जना बस रिजर्व गरेर धनगढीका लागि छुटे । आइतबार राति जब उनीहरु धनगढी नजिकैको सीमा क्षेत्र गौरीफन्टा पुगे त्यहाँबाट प्रहरीले नेपाल पस्न दिएन । उनीहरुलाई भारतीय प्रहरीले समातेर पलिया लगेर राख्यो । स्थानीय जिल्लाका कलेक्टरले नेपाल फर्कने सिफारिस दिएपछि आएका उनीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

नेपालगञ्जमा ४७ जनामा कोरोना पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसकोसंक्रमण देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामागरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो। जसमा४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ बर्षिय स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मि र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपीकोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग शालामा पठाइको थियो ।

‘कोरोना हिरो गाइजू’ टहरामा

नेपालकै पहिलो पटक कोरोनाबाट मृत्यु भएका महिलाको शव दाहसंस्कारको व्यवस्थापन गरेका भक्तपुरका उद्धारकर्मी राजेश गाइजूको परिवार अहिलेसम्म टहरामै छन् । काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपलाल्चोकको बाह्रविसेकी २९ वर्षीया सत्केरीको शव राति नै उठाएर एम्वुलेन्समा राखेर पशुपति आर्यघाटसम्म ल्याई जलाउनेसम्मको सम्पूर्ण काम गरेका ‘कोरोना हिरो गाइजू’ को परिवारले आर्थिक अभावका कारण २०७२ सालको महाभूकम्पले भत्केको घर अझैसम्म पुनर्निर्माण गर्न सकेका छैनन् ।

कर्णालीमा कोरोनाको आशंकामा एक जनाको स्वाब थप परीक्षणको लागि नेपालगंज पठाइयो

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि बाहिर पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिए ।

भारतबाटै आएका थिए अधिकांश संक्रमित

सोमबार सार्वजनिक विवरणमा रौतहटमा थप देखिएका कोरोना संक्रमितमध्ये सबै पुरुष भारतबाटै आएको देखिएका छन् । भारतको दिल्ली, कानपुर र मुम्बईबाट गत वैशाख ३१ मा नेपाल छिरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्वसाधरण भन्छन् : ‘बिहान फैलिने कोरोना संक्रमण दिउँसमा फैलिदैन’

गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन टोल वरीपरी घुम्दा माथिको निर्देशन भन्दै प्रहरीले घरै फर्काउने गरेको उनले बताए । हिँडडुल नगरे खुट्टा सुनिने भएपनि कुजिएर घर बस्न परेको उनको दुखेसो छ ।

भारतबाट एकैदिन १८ जना भित्रिए

छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ। साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्