२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

सर्लाहीका १८ वर्षे संक्रमित वैशाख २८ मा काठमाडौं आएका थिए

शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएका थिए । गत चैत आठ गते लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा आएका थिए । उनको साथी र उनको भाइ काठमाडौबाट उनी र उनको बहिनीलाई लिनको लागि काठमाडौंबाट वैशाख २८ गते हेटौडाको बाटो हुँदै सर्लाही गएका थिए । आउने क्रममा संक्रमित युवकले आफू र बहिनीलाई बीचमा राखेर लिएका थिए ।

भारतबाट आएका थिए रौतहटका दश संक्रमित

आइतबार बिहान कोरोना संक्रमित पुष्टि भएका दश जना भारतबाट आएको पाइएको छ । एकै दिन भारतबाट आएका ३६ जना मध्ये दशमा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ मा थपिए संक्रमित, कूल ३९ पुगे

प्रदेश १ मा कोभिड १९ संक्रमितको संख्या फेरि थपिएको छ। आइतबार ३ जना संक्रमित थपिएको प्रदेश सरकारले जनाएको छ। बैशाख५ गते उदयपुरमा १३ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएयता प्रदेशमाकूल संक्रमितको संख्या ३९ पुगेको छ। हालसम्म १७ जना उपचारपछि घरफर्किसकेका छन्।

कपिलवस्तु अस्पतालका ६ डाक्टरसहित ८८ जनाको रिपोर्ट नेगेटिभ

कपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पतालमा ६ जना डाक्टर र नर्सको परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परीक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर किशोर क्षेत्रीले बताए ।

कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उदयपुर नेकपा अध्यक्ष आइसोलेसनमा, समन्वय प्रमुख क्वारेन्टिनमा

उदयपुरका ३३ औं कोरोना भाइरस (कोभिड–१९) संक्रमित पत्रकारसँग सम्पर्कमा पुगेका नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल आईतबारदेखि आइसोलेसनमा बस्न थालेका छन् । त्यस्तै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार पनि क्वारेन्टिानमा बसेका छन् ।

बाँकेको क्वारेन्टिनमा मृत्यु : पिसिआर रिपोर्टको प्रतिक्षा

बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै आएका २४ वर्षिय युवकको आइतबार बिहान ४ बजेतिर मृत्यु भएको थियो । राति एक्कासी वान्ता गरेका उनको केही घण्टापछि मृत्यु भएको स्थानीयको भनाई छ । ‘क्वारेन्टिनमा सुतिरहेको अवस्थामा उनलाई एक्कासी वान्ता भयो, एम्बुलेन्स ब्यवस्था गरेर अस्पताल लैजान नपाउँदै मृत्यु भयो,’ एक स्थानीयले भने ।

भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्न आग्रह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकुलो पारे लगत्तै र रेल–वे सञ्चालनमा आएसँगै हजारौं नागरिक गाउँ आउने सम्भावना बढेको भन्दै समन्वय समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

जुम्लामा एकीकृत क्वारेन्टिन

पछिल्लो समयमा भारतदेखि भित्रिनेको क्रम सुरु हुन थालेपछि जुम्लामा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ । फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरीय मापदण्ड अनुसारको क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले मापदण्डअनुसारको एकीकृत क्वारेन्टाइन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’

निजी गाडी सहयोगबाट लिइएको एम्बुलेन्सलाई नेपाली सेना, नेपाल प्रहरीलगायतको संयुक्त पहलमा अत्याधुनिक बनाइएको थियो । कोरोना संक्रमण पुष्टि भएको व्यक्ति राखे पनि चालक लगायत अरुलाई संक्रमण नसर्ने गरी एम्बुलेन्सलाई अत्याधुनिक बनाइएको थियो ।

लकडाउनका कारण रोकिएको मुआब्जा रकम वितरण गर्न माग

कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम रोकिदा आफूहरु मर्कामा परेको भन्दै यहाँका स्थानीयले सामाजिक दुरी कायम गरेर रकम वितरणको काम सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । शनिबार दु्रत परीक्षण गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ वर्षीय पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ आएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए । सिगास गाउँपालिकाकै ती पुरुषलाई अलगै आइसोलेसनमा राखिएको छ ।

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’

गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

रौतहटका कोरोना संक्रमितलाई नाकाबाट सिधै क्वारेन्टिन लगिएको थियो

रौतहटका १० कोरोना संक्रमित ५ दिन अघि भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ। मुम्वई र गुजरातबाट उनीहरु नेपाल आएका थिए। भारतमा पनि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि दैनिक गुजराकै अभाव झेलिरहेका उनीहरु विभिन्न तरिका अपनाउँदै नेपाली नाकासम्म आइपुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्