१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिटामोल अभावले मर्कामा बिरामी

अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन।

केन्द्रमा कर्मचारी दरबन्दी ३ वर्षमा ३ हजार थपिए

भौतिक पूर्वाधार मन्त्रालयले यो साता मात्र केन्द्रमा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरेको छ। मन्त्रालयका प्रवक्ता ललिजन खनालले भौतिकले लगेको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएको जानकारी आफूले पाएको बताए। उनका अनुसार ललितपुर, प्युठान र खुर्कोेट (सिन्धुली) मा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरिएका छन्।

गृहमा एक चौथाइ कर्मचारी अभाव

कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको छ। तर सो मन्त्रालयले कर्मचारी पठाउन नसकेको गृहका उच्च अधिकारीहरू बताउँछन्।

जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित

रौतहटका विभिन्न सरकारी कार्यालयमा जनशक्तिको अभाव हुँदा कामकाज नै प्रभावित हुँदै आएको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित हुँदै आएको देखिएको हो।

खाद्यान्नमा सधैं खेलाँची

कमिसन, नाफाखोरी र ठेक्का लिन जस्तोसुकै कुकर्म गर्न पनि पछि नहट्ने हाम्रो संस्कारको परिणाम हो अहिलेको कर्णालीको खाद्यान्न समस्या। यस्तो प्रवृत्तिलाई पराजित गर्न सरकारबाटै उपयुक्त कदम चाल्नुको विकल्प देखिँदैन।

फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।

छठ पर्वमा पेट्रोल अभाव

नेपाल आयाल निगमको आमलेखगन्ज डिपोले आवश्यक अनुसार पेट्रोल उपल्बध गराउन नसक्दा कलैया आसपास क्षेत्रको पम्पहरुमा पेट्रोलको अभाव भएको हो।

लार्फामा खानेपानीको अभाव

कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा पानीको अभाव भएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।

सार्वजनिक नीति निर्माणका विकृति

कुनै क्षेत्रमा बढी लगानी भएको, बढी लाभ लिएका व्यक्तिलाई सरोकारवाला मान्ने परम्परा हँुदा नीति मस्यौदाको छफफलमा उक्त क्षेत्रको माफियाले अवसर प्राप्त गर्ने गरेको छ।

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

खाद्यान्न अभाव भएपछि उत्तरी गोरखामा ९३ क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्विन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए।

लुप्राङमा दशकौंदेखि पानीकाे समस्या, दुषित पानी पिउन बाध्य स्थानीय

वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौ। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी वितरण गरिसक्छौ,' उनले भने।

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्