१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेपाल रिपब्लिक मिडियाको १३ औँ वार्षिकोत्सव (फाेटोफिचर)

नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो।

एसिड आक्रमणविरुद्धको अभियानमा निरन्तर लाग्ने छुः मुस्कान खातुन

नागरिक नायकबाट सम्मानित मुस्कान खातुनले समाजले हौसला र साहसले आफु एसिडको पीडाबाट निक्कै अगाडी बढेको बताएकी छिन् । आफू हारेमा अपराधीको जीत हुने ठानेर अहिले समाजमा एसिड आक्रमण विरुद्धको अभियानमा खुलेर लागि परेको बताईन् ।

बिरामीको खुसीको लागि जग्गा दान दिए : रविन्द्रलाल चौधरी

नागरिक नायकबाट सम्मानित सिराहस्थित सगरमाथा आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले विरामीको खुसीको लागि जमिन दान दिएको बताएका छन् ।

संक्रमितको उपचार गर्न पाएकोममा सन्तुष्ट छौ : डा. सागरराज भण्डारी

नागरिक नायकको रुपमा सम्मानित टेकु अस्पतालका चिकित्सकले कोरोनाको कहरमा सर्वसाधरणलाई सेवा दिन पाएकोमा सन्तुष्टी मिलेको बताएका छन् ।

नागरिक नायकको लाईभ भिडियो शेयर गर्नुस् ५ सय रुपैयाँको रिचार्ज पाउनुहोस्

नागरिक नायकको लाईभ भिडियो शेयर गर्नुस् ५ सय रुपैयाँको रिचार्ज पाउनुहोस्

रविन्द्रलाल चौधरीलाई नागरिक नायक सम्मान

अन्धोपन निवारणमा योगदान पुर्‍याएवापत सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ।

नागरिक नायक घोषणा हुँदै

कार्यक्रम अहिले ५ बजेदेखि ७ बजेसम्म नागरिकन्युज, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

मुस्कान खातुनलाई नागरिक नायक सम्मान

सामाजिक अभियन्ता (एसिड पीडित) मुस्कान खातुनलाई नगारिक नायकको रुपमा सम्मानित गरिएको छ ।

टेकु अस्पताललाई नागरिक नायक सम्मान

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)लाई नागरिक नायकको रुपमा घोषणा गरिएको छ ।

सलाम मुस्कान खातुन

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए ।

अन्धोपन निवारणका अथक यात्री 'रविन्द्रलाल चौधरी'

अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टोनियो चम्पालिमउड भिजन अवार्ड २०१३’ बाट यो अस्पताल सम्मानित भएको छ । अस्पतालाई यो उचाइमा पुर्‍याउने रविन्द्रलाल पनि नेपाल नेत्र ज्योति संघबाट सम्मानित भएका छन् ।

कोरोना महामारीमा अब्बल साबित टेकु अस्पताल

‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए ।

आज 'नागरिक नायक २०७८' घोषणा हुने

यस वर्ष मुलुकमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएकोले सीमित व्यक्तिबीच मात्र कार्यक्रम सञ्चालन हुने नागरिक परिवारले जनाएको छ। यद्यपी कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिकन्युज, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्