७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कलहले गोर्खाल्यान्ड आन्दोलन अन्योलमा

भारत पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन हाँकिरहेका दल र समूहका नेताबीच आन्तरिक द्वन्द्व सुरु भएको छ । आन्दोलनकारी दलकै उच्च तहका नेताले जारी आमहडताल खुलाउने÷नखुलाउनेबारे विपरीत अभिव्यक्ति दिएपछि सर्वसाधारणमा अन्योल छाएको छ ।

अन्योलमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडक पुर्न दिएको १५ दिने म्याद सकिए पनि कुनकुन क्षेत्रका खाल्डा टालिए भन्ने विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्योलमा परेको छ। कार्यालयले खाल्डा पुर्ने जिम्मेवारी दिएका सविचहरूले पेस गरेको प्रतिवेदन अपूर्ण भन्दै आए पनि सडकको स्थलगत अनुगमन नगर्दा कस्तो तथ्य सार्वजनिक गर्ने भनेर अन्योलमा परेको हो।

सरकारी वार्ता टोली अन्योलमा

६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । पटकपटकका अनशन, वृद्ध अवस्थासँगै खाना नखाएका कारण इलेक्टोलाइडहरू असन्तुलन भएर उनको मुटुमा भेन्टिकल प्रिम्याचुअल कम्प्लेक्सको जोखिम देखिएको छ । यस्तो अवस्थामा मुटु एक्कासी बन्दसमेत हुनसक्छ ।

असार १४ बारे प्रमुख दल नै अन्योलमा

स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदासमेत प्रमुख राजनीतिक दलहरू असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्।

अलमलमा उम्मेदवार, अन्योलमा मतदाता

बर्खाको झरी अनि खेतीपातीको व्यस्त समयमा भएकाले असार १४ मा  चुनाव हुनेमा उम्मेदवारहरू विश्वस्त छैनन् ।

पटकपटक निर्वाचन मिति सारिँदा मतदाता अन्योलमा

मधेशवादी दलको आन्दोलन र निर्वाचन मिति सारिँदा जिल्लाका मतदातामा अन्योल देखिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुई पटक दोस्रो चरणको निर्वाचनको मिति सारेको छ।

राजपाको आन्दोलनले मतदाता अन्योलमा

मधेस केन्द्रित दल दुई धारमा छन्, एउटा धार चुनावमा सहभागी हुने क्रममा छ भने अर्को धार चुनाव छोडेर आन्दोलनमा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो चरणको चुनावमा सहभागी भएपछि मोर्चामा चिरा पर्यो ।

महाभियोग प्रस्ताव प्रकरणले सरकार अन्योलमा

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष, कांग्रेस सभापतिबीच भएको छलफल बिना निष्कर्ष टुंगोमा पुगेको छ।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

महिनाको सुरुवातदेखि नै थालनीगर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ। निकै लामो प्रयास र ठूलो लगानीमा तयार गरिएको अनलाइन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाई दिन थालेका छन्।

न्यायाधीश नियुक्ति अन्योलमा

उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न केही दिनदेखि लगातार बसेको न्यायपरिषद्को बैठक बिहीबार बिनानिष्कर्ष सकिएको छ। परिषद्ले निर्णय लिन नसकेपछि न्यायाधीश नियुक्ति अन्योलमा परेको छ।

एक वर्षपछि नेपाललाई चाहिन्छ ५ ओटा रेल, सरकार अन्योलमा

नेपालसँग रेल छैन। बर्दिबास–जयनगर रेलमार्ग भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ। निर्माण पूरा भएपछि उक्त रेल मार्गमा कसको रेल चल्छ त ? रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन्– ‘कसको रेल चलाउने भन्ने हालसम्म टुंगो भएको छैन।’

सिंहदरवार नै अन्योलमा!

अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले र जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चोले नेपाली वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ।

प्रतिबन्धित भारु सटही अझै अन्योलमा

एक महिना बितिसक्दा पनि नेपालीसँग रहेका प्रतिबन्धित ५ सय र हजारका भारु नोट सटहीमा देखिएको अन्योल अथावत छ। नेपालले बारम्बार ताकेता गर्दा पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतलेे कुनै प्रतिक्रिया दिएको छैन्।

लोकमान प्रकरण : मन्त्रिपरिषद् बैठक अन्योलमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपनि त्यसको असर मन्त्रिपरिषद बैठकमा परेको छ। बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबार नै चार बजेसम्मका लागि सारिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्