फागुन सकिँदा पुँजीगत खर्च १२.६४ प्रतिशत मात्रै
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार वार्षिक बजेट ल्याएको थियो। फागुन मसान्त सकिँदा प्रदेश सरकारसँग २६ अर्ब ९३ करोडभन्दा बढी बजेट मौज्दात छ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार वार्षिक बजेट ल्याएको थियो। फागुन मसान्त सकिँदा प्रदेश सरकारसँग २६ अर्ब ९३ करोडभन्दा बढी बजेट मौज्दात छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।
माध्यमिक शिक्षा परीक्षा (कक्षा १० एसइई) यही चैत १५ गते सुरु हुँदैछ। परीक्षा आउन एक साता मात्र बाँकी रहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा राम्रो अंक ल्याउने सूत्रसहित विद्यार्थीलाई शुभकामना दिएकी छन्।
एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार पाँच सयसम्म पेन्सन बढ्ने लोभमा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि राजीनामा दिने गरेका छन्।
विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।
नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।
छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोपमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।
उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।
अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उद्योगपति वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको छ।
कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।
नेपालमा भने लोकतन्त्रका लागि दुःख, कष्ट भोगेकाहरूलाई सबै प्रकारका अपराध कर्म गर्न छूट छ। हाम्रो सन्दर्भको लोकतन्त्रमा यो लाग्दोरहेछ कि–लोकतन्त्र ल्याइदिने महान् व्यक्तित्वहरू दण्डित हुनै सक्दैनन्।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका क्रममा विगत सात वर्षमा ९२ करोड ६१ लाख ५९ हजार चार सय चार रूपैयाँ भुक्तानी भएको पाइएको छ।