१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संसदीय समितिमा सांसद बडूले मागे गृहमन्त्रीको राजीनामा

सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन्।

किशोरी हत्या प्रकरण : शव उठाउन परिवारले मानेन

पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।

केरुङ नाकाबाट सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

रसुवाको केरुङ नाकाबाट भन्सार छलेर सुन तस्करी गरी काठमाडौँ ल्याएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

लहलहैमा पुलबाट कर्णालीमा हाम फाल्दा एकजना बेपत्ता

हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ पुग्न सफल भए। तर १६औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए। वरपरबाट डुबेको देख्नेले कोलाहल मच्चाए पनि समयमा उनको उद्धार हुन सकेन।

वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ।

इटहरी गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दुई-चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरण अनुसारको सरकार बन्ने बताएका छन्।

किसानले दुधको ३० करोड भुक्तानी पाउने

दुग्ध विकास संस्थान (डिडिसी) लाई दुध बेचेर पनि चार महिनादेखि भुक्तानी नपाएका किसानले करिब ३० करोड रूपैयाँ भुक्तानी पाउने भएका छन्।

करेन्ट लागेर महिलाको मृत्यु

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

उपल्लो डोल्पामा ६ वर्षपछि पुग्यो चामल

७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ।

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।

२३ जना सम्पर्कबिहीन कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको सूचना

नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन रहेका २३ जना कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्