१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किशोरी हत्या प्रकरण : शव उठाउन परिवारले मानेन

पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।

पाल्पाको रिब्दीकोट गाउँपालिका– १, ख्याहाकी १९ वर्षीया पद्मा सुनारको मंगलबार बेलुका हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भन्दै परिवारले शव उठाउन मानेको छैन। शव उठाउन नमान्दा पोस्टमार्टमसमेत हुन सकेको छैन।

मंगलबार बेलुका कपडा धुन पँधेरोमा गएकी पद्मा ढिलासम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजी गरेका थिए। खोजी गर्ने क्रममा मंगलबार बेलुका नै जंगलमा शव फेला पारेका थिए।

घटनाको प्रकृति हेर्दा बाटोभरि रगत देखिएको र हाँसिया प्रयोग भएको देखिएकाले हत्या नै भएको पुष्टि हुने रिब्दीकोट– १ का वडाध्यक्ष चिरञ्जिवी पोखरेलले बताए।  

भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर हत्यारा पत्ता लगाउन प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए। पोस्टमार्टमबाट अझै धेरै तथ्य खुल्ने उनको भनाइ छ।  

कक्षा १२ मा अध्ययनरत विद्यार्थी पद्मा घरबाट एक किलोमिटर टाढा पँधेरामा गएकी थिइन्। घटनापछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

हिजो साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी टोली त्यहाँ पुग्दा अँध्यारो भइसकेकाले आज बिहानैदेखि अनुसन्धान भइरहेको छ।

प्रकाशित: १४ चैत्र २०८० १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App