७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

केरुङ नाकाबाट सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

रसुवाको केरुङ नाकाबाट भन्सार छलेर सुन तस्करी गरी काठमाडौँ ल्याएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले गत सोमबार साँझ काठमाडौँ महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलका अनुसार पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–११ सुनसरीका २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ का ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।

प्रहरीका अनुसार रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरूबाट बरामद भएको छ। उक्त सुनको मूल्य १३ लाख ९१ हजार १६० रुपैयाँ रहेको जनाइएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको उनले बताए।

प्रकाशित: १४ चैत्र २०८० १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App