विजयी घोषणा भएका वडा सदस्य हारेपछि...
आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।
आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।
बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।
मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।
धरानको मेयरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।
दार्चुलाको शैल्यशिखर महाकाली नगरपालिकामा नेकपा एमालेको जीत भएको छ।
गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।
सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्।
ल्लाका दंगिशरण,शान्तिनगर, बबई गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ। यसैगरी कांग्रेस माओवादी गठबन्धन बनेको बंगलाचुली गाउँपालिकामा पनि एमालेले गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेको छ।
बैतडीका पाँच स्थानीय तहमा कांग्रेस र एक स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।
दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।
मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।
रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।