३ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको कोइला खानीमा भीषण विस्फोट : ८२ जनाको मृत्यु, उद्धारका लागि राष्ट्रपति सीको निर्देशन

मध्य चीनको सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा रहेको किनयुआन काउन्टीको खानीमा उक्त दुर्घटना भएको हो। विस्फोटको समयमा २४७ जना कामदार खानीभित्र भूमिगत अवस्थामा काम गरिरहेका थिए। अन्य कामदारहरू अझै भित्र फसेका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।

दुर्घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताहरूको खोजीका लागि उद्धारकर्मीहरूलाई हरसम्भव प्रयास गर्न आग्रह गर्दै त्यसपछिको अवस्थालाई राम्रोसँग सम्हाल्नुपर्ने बताएका छन्।

राष्ट्रपति सीले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘सबै क्षेत्र र विभागहरूले दुर्घटनाको पाठबाट सिक्नुपर्छ, कार्यस्थलको सुरक्षाका बारेमा सतर्क रहनुपर्छ, राम्ररी अनुसन्धान गर्नुपर्छ, सबै प्रकारका जोखिमहरू र लुकेका खतराहरू सुधार गर्नुपर्छ, र ठूला तथा गम्भीर दुर्घटनाहरूलाई दृढतापूर्वक रोक्न र नियन्त्रण गर्नुपर्छ।’

यतिबेला वर्षायाम चलिरहेको उल्लेख गर्दै राष्ट्रपति सीले देशमा बाढी रोकथामका लागि समेत प्रभावकारी प्रयास गर्न आह्वान गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०८३ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App