३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

जलविरे दुर्घटना : घाइते संख्या ३३

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु प्र ०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौतर्फ आउँदै गरेको म प्र ०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा प्र ०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनापछि सुरक्षाकर्मी, स्थानीयवासी तथा उद्धार टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि भरतपुर पठाएका थिए। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनाका कारण तीनवटै सवारीसाधनमा क्षति पुगेको छ भने केही समय मुग्लिङ–नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको थियो। प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाएपछि सडक पुनः सञ्चालनमा आएको छ र सवारी आवागमन अहिले सामान्य अवस्थामा रहेको छ। 

प्रकाशित: ३ श्रावण २०८३ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App