२२ वैशाख २०८१ शनिबार
image/svg+xml

विशेष कार्ययोजना बनाएर काम गर्ने छ

पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।

सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल

अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।

गण्डकीका मुख्यमन्त्रीको प्रश्न: लेकसाइडमा मात्र किन गाडी चेक गर्ने ?

पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।

नयाँवर्ष स्वागतार्थ रातभर झुम्यो लेकसाइड

अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।

पर्यटकीय क्षेत्र ठमेलमा इन्टरनेटका तार काट्न सुरु

पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

बाजुरा वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

पूर्वचिहानबाट चियाउँदा

कागेश्वरी क्षेत्र वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड, जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्षम छ।

‘कागेश्वरी काठमाडौंकै पर्यटकीय क्षेत्र हुनसक्छ’

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको कागेश्वरी क्षेत्र काठमाडौंकै सबैभन्दा प्रिय पर्यटकीय क्षेत्र बन्नसक्ने सम्भावना एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।

गन्तव्यः रातारात भाइरल बन्छन्, अनि हराउँछन्

पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौरको तोरीबारी हुन्।

मानहुँकोटमा सार्वजनिक जग्गामा बतासको प्रस्ताव

तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोटको सार्वजनिक जग्गा भाडामा लिनेगरि व्यावसायिक समुह बतासले प्रस्ताव गरेको छ। पछिल्लो समय निकै नै चर्चा कमाएको यो डाँडामा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने योजना बतासको छ। बतासले ५० वर्षका लागि ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको जग्गा भाडामा लिने प्रस्ताव गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्