१० मंसिर २०८१ सोमबार
image/svg+xml

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

नेपाल सेमिफाइनलमा

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

किङ्डम र लोयल्टी सेमिफाइनलमा

किङ्डम र लोयल्टीले चौथो केभिकेएसएस सोमबार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ सेमिफाइनलमा स्थान बनाएका छन्।

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

रोयल र गोल्डेनगेट बिहीबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको स्पर्धामा फाइनलमा प्रवेश गरेका छन्।

जोकोभिच सेमिफाइनलमा

यानिक सिनरमाथि पुनरागमन जितसहित ११औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएसँगै साबिक विजेता नोभाक जोकोभिचले आफ्नो क्षमतामा कहिल्यै शंका नगरेको प्रतिक्रिया दिएका छन्।

घोडाघोडी सेमिफाइनलमा

अपन राधेमाई युथ क्लब र कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी शनिबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन–५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेट: बाग्मती प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशमाथि शनिबार ४० रनको जित निकाल्दै बाग्मती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

ब्याटिङ सुधारे पनि असफल

बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्‍यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।

सिभाली र असभसम्राट च्याम्पियन

सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा

रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।

युरो २०२०: सानदार जितसहित इङ्ल्यान्ड सेमिफाइनलमा

सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्