२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भुटान पहिलो पटक सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५–० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा भुटान श्रीलंकाविरुद्ध सुरुबाट नै हाबी भएको थियो। यसअघि भुटानले बंगलादेशमा आयोजना भएको २०१० को संस्करणमा श्रीलंकाविरुद्ध १-१ गोलको बराबरी खेलेको थियो। यसबाहेक भुटानले साफ महिला च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्न सकेको थिएन। सम्पन्न पाँच संस्करणमा भुटान सबैभन्दा धेरै गोल खाने टोलीमा गनिँदै आएको थियो भने भुटानले समूहचरणभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन।

एकतर्फीजस्तो भएको खेलमा श्रीलंकाविरुद्ध भुटानले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल गरेको थियो। भुटानको जितमा डेखी लाजोमले दुई गोल गर्दा न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले समान एकएक गोल गरे।

आयोजक नेपालले सोमबार श्रीलंकालाई पराजित गरे नेपाल समूहविजेताका रूपमा अन्तिम चारमा पुग्नेछ। यदि श्रीलंकाले नेपालसँग बराबरी खेल्दा पनि श्रीलंकाको यात्रा समूहचरणमा समाप्त हुनेछ। श्रीलंकालाई अघिल्लो चरण पुग्नका लागि नेपालविरुद्ध कम्तीमा पनि ४ गोल अन्तरले जित्नुपर्नेछ। समूह ‘बी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा सुखद नतिजा निकालेको भुटान यसअघि पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको थियो। समूह ‘बी’ मा भुटानले दुई खेलबाट तालिकामा तीन अंक जोडेको छ। भुटान शीर्ष स्थानमा उक्लिँदा एक खेल कम खेलेको नेपाल समान ३ अंकका सथा दोस्रो स्थानमा छ। तालिकाको पुछारमा रहेको श्रीलंका भने तालिकामा अंकविहीन छ।

च्याम्पियनसिपमा शनिबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल १ बजे पाकिस्तान र बंगलादेशबीच हुनेछ भने ५ः३० बजे हुने दोस्रो खेल माल्दिभ्स र भारतबीच हुनेछ।  

प्रकाशित: २५ भाद्र २०७९ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App