६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

रोयल र गोल्डेनगेट बिहीबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको स्पर्धामा फाइनलमा प्रवेश गरेका छन्। रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले पराजित गरेको हो।

रोयलका निकेश मगरले २७ स्कोर गरे। रोयल सबै क्वार्टरमा हाबी रह्यो। रोयलले पहिलोमा २७–११, दोस्रोमा २६–४, तेस्रोमा २४–६ र चौथोमा २८–६ अंक जोड्यो। गोल्डेनगेटले आइएसए नेपाललाई ६८–५५ ले हरायो। गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोडे।

पहिलो क्वार्टरमा २३–१४ को अग्रता लिएको गोल्डेनगेट दोस्रोमा १६–१७ र तेस्रोमा १२–१४ को सामान्य अन्तरले पछि पर्‍यो। गोल्डेनलगेट चौथोमा १७–१० ले अगाडि रह्यो।

प्रकाशित: ३ भाद्र २०७९ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App