२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

घोडाघोडी सेमिफाइनलमा

अपन राधेमाई युथ क्लब र कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी शनिबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन–५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी–११ लाई ९ विकेटले पराजित गर्‍यो। १९ ओभरमा झारिएको खेलमा ८९ रनको लक्ष्य पछ्याएको राधेमाईले ११.१ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्‍यो। राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे। त्यसअघि नेक्सस–११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनाएको थियो।

नेक्सस–११ का पारस ऐरले चार चौका र एक छक्का सहयोगमा ५१ रन जोडे। म्यान अफ द म्याच चयन भएका राधेमाईका वसिम अली मन्सुरीले तीन विकेट लिए। सल्मान अली मन्सुरी र अनिश साह कानुले २/२ विकेट लिए।

घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो। घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर एक सय ६४ रनको योगफल खडा गर्‍यो। घोडाघोडीका पारस उपाध्यायले ५/५ चौका र छक्का मद्दतमा ७७ रन बनाए। उनी म्यान अफ द म्याच समेत घोषित भए। विजय गुप्ताले २५ रन बनाए।

कालिकोटका सोचन ओली चार र म्याट्रिक्स थापाले तीन विकेट लिए। कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो। कालिकोटका विशाल रावलले ३३ रनको योगदान गरे। घोडाघोडीका सन्तोष केसीले तीन विकेट लिए। सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसँग हुनेछ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले ललितपुरको जिएचसिएको सामना गर्नेछ।

प्रकाशित: १२ असार २०७९ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App