२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

किङ्डम र लोयल्टी सेमिफाइनलमा

किङ्डम र लोयल्टीले चौथो केभिकेएसएस सोमबार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ सेमिफाइनलमा स्थान बनाएका छन्।

मनोज तामाङको ३५ अंकको मद्दतमा किङ्डमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित गर्‍यो। निङ्मा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो। सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए। भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे।

सेमिफाइनलमा लोयल्टीले किङ्डमसँग खेल्नेछ। भ्याली पब्लिकले भने ग्रिनल्यान्डविरुद्ध खेल्नेछ। सिनियर गल्र्समा एचएचसिएले तिरूपतिलाई ११–१० ले, ग्रिनल्यान्डले टिआइएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभिकेएससलाई २८–७ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

एचएचसिएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुले। पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसिएबीच हुनेछ।

प्रकाशित: २१ भाद्र २०७९ ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App