२७ आश्विन २०८१ आइतबार
image/svg+xml

आफ्नाले नै पीर दिन्छन् आफ्नाले नै चोट दिन्छन्

आफ्नाले नै पीर दिन्छन् आफ्नाले नै चोट दिन्छन् , पराईहरूले बरु हजुर सान्त्वनाको अठोट दिन्छन् । दिनानुदिन झगडा गर्छन् सानोतिनो विषयमा, मलाई बीचमा राखी सुकाइ मेरै ओठ दिन्छ्न् । वर्षौ वर्ष बित्न थाल्यो हरदिन कलहको हुन्डरीमा, कहिले कुनलाई कहिले कुनलाई अनेक खोट दिन्छन् । न सम्झाउन सके मैले न बुझाउन सके चित्त यिनको दुई पाङ्ग्रा एक रथका हुन् सोची न त सपोट दिन्छन्

मुस्कानको होली खेलाउँछु

वाचा गर तिमी मलाई म भन्ने गर्छु, हुन्छ कविता म गर्छु वाचा तिमीलाई निकालेर मात्र म मर्छु तिमीभित्र म, एभरेस्टलाई राख्छु त्रिशूली अनि चारकोसे झाडी सबैलाई अटाएर एउटा सिमाना कोर्छु ।जहाँ म, एभरेस्टजस्तै हाँसेर सधैं मुस्कानले होली खेलाउँछु ।

एउटा परदेशीलाई सम्झेर

यो भूगोलभरि कतिन्जेल झुक्काउनु निर्मल आँखाहरूलाई त्यो मूलबाटोको हरियो मन देखाउँदै प्रतीक्षालयमा कुराएर फेरि यो निष्ठुर कालचक्रले भेटाउँछ भेटाउँदैन मैले मेरो देश हुँदै सगरमाथाको अहलि निश्केर यो सन्देश पठाएकी छु भोलि हेर्ने ऐनाहरू नहटाउनु भनेर कसैगरी सुनाइदिनू एउटा परदेशीलाई सम्झेर ।

अलबिदा सम्धी !

अहिले संसारले इच्छामरण खोजिरहेको छ । इच्छामरण भनेको आत्महत्या होइन । जीवनको उपल्लो मोडमा पुगेपछि आइलाग्ने अकल्पनीय पीडाबाट मुक्ति हो इच्छामरण । मुटुलाई भेन्टिलेटरमा राखेर बाँच्नुको के सार हुन्छ ! सुईले रोपेका असह्य पीडाको आरने रापमा बाँच्नुको दर्द भोग्नेलाई थाहा हुन्छ । त्यसैले आजको मान्छे इच्छामरण खोज्दै छ । यो खोजाइ के असामयिक हो र !

रवि र कवि

म, तिमीमा एकीभूत हुनासाथ सुन्दर सगरमाथा शिर बन्छ शीतल हिउँ मन बन्छ यस पवित्रताको पटाङ्गिनीमा न कोही रुन्छ न कोही रुवाउँछ समताको सौन्दर्य फिँजाएर अनन्त हिड्न आऊ,तिमी चेतना फैलाऊ म, श्रमका हात उचालेर पर्वत ओर्लन्छु तराईतिर तराई, उक्लन्छु पहाडतिर ।

लगनगाँठो जुराएर हनिमुनमा जाउला प्रिय

पिरतीको मीठो त्यो धुन बनी आउला प्रिय, तिमीसँग कैले नछुट्ने माया लाउला प्रिय । उकालीओराली भञ्ज्याङ् अनि चौतारीमा, देउरालीमा पाती चढाई कसम खाउला प्रिय ।

झड्का

त्रौमासिक प्रगति विवरण माथि पठाउन फुच्चे सरकारले कोरोना कोषको पूर्ण सदुपयोग भएको देखाउँदै खर्च प्रगति विवरण शतप्रतिशत बनाएर पेश गरयो । आँखा कमजोर हुन थालेको माथिल्लो सरकारले सुरक्षा मापदण्ड र सामग्री खरिदमा एकै पैसा पनि खर्च नगरेर राज्यकोषको बचत गरेको फुच्चे सरकार खर्च प्रगतिको आधारमा शतप्रतिशत प्रगति विवरण पेश गर्न सफल भई पूर्ण भ्रष्टाचारमुक्त उत्कृष्ट सरकार बनेको घोषण गयो ।

प्रकाश घायलका पाँच मुक्तक

सामाजिक बार बार्नु थियो अलिअलि पिरतीको फूल सार्नु थियोे अलिअलि धेरै खोजे तिमीलाई भेटिन खै शहरमा, सँगै बसेर धीत मार्नु थियोे अलिअलि।

चूपचाप बस्दैनन् झन्डाका रङहरू

आफ्नै मर्यादामा बसेका सोझालाई जिस्काएपछि चूपचाप बस्दैनन् झन्डाका रङहरू, सगरमाथाको हिउँले पखालेर चोख्याएको भूमिमा तिम्रो विस्तारवादी बिटुलो पाइला मेरो झन्डालाई स्वीकार्य छैन, पशुपतिको नाममा सार्वभौमसत्ता हडप्न खोज्ने तिम्रो रकमी संस्कार मेरो वैदिक झन्डालाई स्वीकार्य छैन, रोटी–बेटीको ललीपप बाँडे मुटुमा कटारी धस्ने तिम्रो ओठेप्रेम मेरो स्वाभिमानी झन्डालाई पटक्कै स्वीकार्य छैन।

किनमेल

मैले सर्र लिप्ट चढे र गएँ चौथो र पाँचौमा । त्यहाँ हतियार र औषधिहरुलाई पुरै फोकस लाइटमा सजाइएको थियो । तर मैले चाहेका जस्ता थिएनन् । तिनीहरु अत्याधिक महङ्गा पनि थिए । सेल्स् गल्सहरुमा बनावटी रंग/रुप र अनावश्यक हाउभाउहरु पोखिएको थियो ।

कहाँ गयो त्यो गाउँको केटो

त्यो गाउँको केटा अझै गाउँ फर्किएको छैन गाँउको केटा हराएपछि बैली समयको कोखमा विश्वासघात को पंगु अण्डाहरू ओथारिरछ यो ढँटुवा गाउँले आजकल गाउँमा लठेप्रो घाम आउँछ चिसो जाँगर पिउँछ अनि आङ तन्काई बस्छ कालो समयको खोरभित्र ।

गोम विक्रमका पाँच मुक्तक

छोइ नसक्नु तरकारी भो, तोलातोलामा किन्नुपर्ला पहिले खल्ती नछामे त, आफै उठेर हिन्नुपर्ला नून नभई निलिदैन, भाउमा फेरि मिलिदैन सबको चित्त बुझाउन, खै कस्तो उधिन्नुपर्ला ।

मान्छे र प्रकृति

स्कुले नानीहरू अलमलिएका छन् आधुनिक ग्याजेटहरूमा । नौजवान र वयस्कहरू खेर फालिरहेछन् समय हाते फोन र ल्यापटपहरूमा । बन्द कोठाभित्र झन्झन् कुंजिंदै छन् घर्कंदो उमेरका मान्छेहरू ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्