२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

आफ्नाले नै पीर दिन्छन् आफ्नाले नै चोट दिन्छन्

गजल

सानु शर्मा 

 

आफ्नाले नै पीर दिन्छन् आफ्नाले नै  चोट दिन्छन् ,

पराईहरूले बरु हजुर  सान्त्वनाको अठोट दिन्छन् ।

 

दिनानुदिन झगडा गर्छन् सानोतिनो विषयमा,

मलाई  बीचमा राखी सुकाइ मेरै ओठ दिन्छ्न्  ।

 

वर्षौ वर्ष बित्न थाल्यो  हरदिन कलहको हुण्डरीमा,  

कहिले कुनलाई कहिले कुनलाई अनेक खोट दिन्छन् ।

 

न सम्झाउन सके मैले न बुझाउन सके चित्त यिनको  

दुई पाङ्ग्रा एक रथका हुन् सोची न त सपोट दिन्छन् ।

प्रकाशित: २३ भाद्र २०७७ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App