२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

झड्का

लघुकथा

अनु विज्ञाति

 

हतारहतारमा माक्स र सेनिटाइजर भुलेर कार्यालय पुगेको उस्ले फुच्चे सरकारसँग बिन्ती बिसायो, “एउटा माक्स र अलिकति सेनिटाइजर पाए आजलाई काम चल्थ्यो । बाहिर सेवाग्राही पनि विनामाक्स आएका रहेछन् । यसो दिन पाए सुरक्षित भइन्थ्यो कि ।”

सरकारी कोषको पुरापुर दुरुपयोग हुन नदिने फुच्चे सरकार कड्कियो, “तपाइलाई तलब दिएको छैन र ? त्यहीबाट सबै व्यवस्था गर्नुहोस् । जनताले पनि आफ्नो जोहो आफैं गर्नुपर्छ त्यस्ता सानातिना काममा कहाँ राज्य कोषको दुरुप्रयोग गर्न मिल्छ ?”

फुच्चे सरकारको असल शासन थाहा हुँदाहुदै पनि महामारीको डर खेप्न नसकेर फेरि उस्ले बिन्ती बिसायो, “सरकार केहि डोरी किनेर सेवाग्राहीको लाइन छुट्याइदिन पाए दूरी कायम गर्न सकिन्थ्यो ! हात धुने ठाउँमा पनि साबुन सकिएछ यसो प्रबन्ध गरौं कि ?” सुन्नेबित्तिकै फुच्चे सरकार बम्किया,“तोकिएको दरभन्दा बढी सरकारी कोषको चुहावट गर्नु हुन्न भन्ने जान्दै नजानी सरकारी जागीर खान आयौं ?”

ऊ तोकिएको दर कुन हो पत्ता नपाएर  अलमल्ल प रयो ।

त्रौमासिक प्रगति विवरण माथि पठाउन फुच्चे सरकारले कोरोना कोषको पूर्ण सदुपयोग भएको देखाउँदै खर्च प्रगति विवरण शतप्रतिशत बनाएर पेश गरयो । आँखा कमजोर हुन थालेको माथिल्लो सरकारले सुरक्षा मापदण्ड र सामग्री खरिदमा एकै पैसा पनि खर्च नगरेर राज्यकोषको बचत गरेको फुच्चे सरकार खर्च प्रगतिको आधारमा शतप्रतिशत प्रगति विवरण पेश गर्न सफल भई पूर्ण भ्रष्टाचारमुक्त उत्कृष्ट सरकार बनेको घोषण गयो ।

त्यो समाचार सुनेर खुसीको झड्का सहन नसकी कोमामा गएको ऊ अझै पनि आइसियु कक्षको बेडमा डोरी, सेनिटाइजर र माक्स हेरेर टोलाइरहेको छ ।  

प्रकाशित: २२ भाद्र २०७७ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App