२७ आश्विन २०८१ आइतबार
image/svg+xml

बेइमानका कर्तुतहरू

बेइमानको राजा भएर बॉच्नुभन्दा इमानदारको पाजी भएर बॉच्नुमा गर्व हुन्छ । बेइमानले इमानको झोली कहॉ भर्न सक्छ र बेमानले भरिएका आँखाहरूमा आँसु र पीडाको दम हुँदैन । औँसीको रातमा उन्मादका पाइलाहरूले प्रहार गरेका तिखा दाँतहरूसँग टक्राराएका ती दन्त लहरबाट अपरिभेद्य चट्टानसँगै तिखा नंग्राहरूले विषाक्त पारिरहेका निष्कपटी मनहरूमाथि प्रहार गरिरहेछन् पाखुरीका चोटहरूले फैलाउँदै छन् तरंगका आँचलहरू ।

टाले पनि टालिन्नन् ती च्यात्तिएका ठाउँहरू

नारीको साटो लोग्ने मानिसको शरीरमा नारीलाई भिराएका यौनांग भिराइदिएकी भए ए प्रकृति, तिम्रो के जान्थ्यो भन त ? होइन भने भन , कहिलेसम्म हुन्छ पाशविकतामा नारी बलात्कार जबर्जस्ती च्यातिएपछि कुर्ता र सुरुवाल, जबर्जस्ती थुतिएपछि साडी र चोलो, टाले पनि टालिन्नन ती च्यात्तिएका ठाउँहरू, निको भए पनि निको हुँदैनन् कोतरेका घाउहरू ।

मूल्यमान्यता

हुँदैन केही छलछाम कर्ममा न हुन्छ निन्दा उपहास मर्ममा सधैं जसो प्रीति रहन्छ कायम छ भित्र आत्मा अति धीर संयम।मनुष्यमा मानवता र सौम्यता अनेकतामा पनि हुन्छ एकता अनेक संस्कारसँगै छ सभ्यता छ गाउँमा सुन्दर मूल्यमान्यता।

कोरोना पापी

गरीबलाई ठूलो पीर छ चुलो जलाउने काम गरी माम खाने बानी गरीबको यस्तै छ कहानी कहिले बाढी कहिले पैरो कहिले भूकम्प पहिले पनि हुन्थ्यो कहिलेकाहीं काम ठप्प अहिले त विश्वभरि महामारीको युद्ध सबै एकजुट भए हुन्छ देश रोगमुक्त पक्कै आउँछ उज्यालो दिन धैर्य गर विचलित नबन।

तिमी स्वास्नी, म लोग्ने

पर्दा बिस्तारै खुल्छ मञ्चभरि चिहानहरू छन्, मुर्दाहरू छन्, सल्बलाउँदा कंकालहरू छन् त्यसैमाथि ठिंग उभिएको छ देश देशको एउटा छेउमा छ राजधानी बिच भागमा सिंहदरबार र छेउमै छ सर्वोच्च रजस्वला भएकी स्वास्नीको ओछयानबाट भर्खरै न्यायालय आउनुभएको छ श्रीमान् र माग्दै हुनुहुन्छ विवत्स, कत्लेआम र छियाछिया परेको योनीसँग बलात्कार भएको प्रमाण छोरी जन्माएर पनि बाबु बन्न नसकेको वकिलले दिंदै छन् अभियुक्त निर्दोष भएको दलिल न्यायमूर्तिका आँखा बन्द छन् श्रीमान् कलम उठाउनु पर्दा बन्द हुन्छ ।

लेनिन र पुटिनसँग भेटघाट

‘साम्यवादी व्यवस्था गएपछि हाम्रा सबै सुखहरूले डाँडा काटे । सोभियत संघ हुँदा रकेट, गोलाबारुद, हवाईजहाज र किसिमकिसिमका यन्त्र उपकरण बनाउथ्योे देशले । त्यतिखेर कारखाना थिए, काम थियो । काम भएपछि दाम र मामको दुःख थिएन । समाज अनुशासनमा अडेको थियो । गर्न नहुने काम गर्ने हिम्मत कोही गर्दैनथ्यो । नगर्ने काम कसैले गरयो भने उसले सुख पाउँदैनथ्यो । सबैतिर प्रणालीको विकास भएको थियो । साम्यवाद हटेपछि जीवन दुःखैदुःखको भुमरीमा फसेको छ ।’ जिन्दगीका धेरै वसन्त साम्यवादी व्यवस्थामा गुजारिसक्नुभएका अलेक्सीलाई रुसमा साम्यवाद हट्नु औडाहापूर्ण लागिरहेथ्यो ।

भविष्यको म

कुनै झण्झटैबिना, कुनै तनावबिना, बढी हाँसेर, सुमसुम्याउँदै हामीलाई काखैमा खेलाउँदै मातृवात्सल्य ममताले भरिपूर्ण भएर सबै प्रश्नको सरल र सटिक उत्तर दिनुहुन्थ्यो सजिलै आमा उदाहरणसहित चित्तबुझ्दो उत्तर प्रस्टयाउनु हुन्थ्यो बुबा सबै सरल ढंगले व्याख्या गरीगरी बुझाउनुहुन्थ्यो बुबा कुनै प्रश्नमा कहिल्यै अलमलिनु परेन सबै प्रश्नको सरल उत्तरले सधैं सन्तुष्ट हुन्थेँ म ।

उमेरसँग विद्रोह

यदि मिल्ने भए शरीरको लुगाझैं घटाउनेथें आफ्नै उमेर र, बाल्यकालको मैदानमा फर्किएर खेल्नेथें आफैंलाई बिर्सिएर चिमुसीची, टालाटुली–बटुली भाँडाकुटी र ढिकीच्याऊँ अनि– वर्षौंदेखि जसरी उपद्रो गरिरहेछ शासकले सत्तामाथि त्यसरी नै उमेरसँग विद्रोह गरेर गर्नेथें आफ्नै जिन्दगीमाथि भएभरका सबै उपद्रो !

टाढाटाढा कति पर गयौ भेटिने आश मारी

आमा आफै हरपल खुशी शान्त भावै भरेर हेर्नु होला दिनदिन सधै याद मेरो गरेर मात्रै श्रद्धा सरल मनको छोडिदै जान्छ साथ गल्ती केही अब त कहिले हुन्न आमा म बाट ।

चित्काराको चकचकी र हाम्रो लाचारी

कुनै मुलुकलाई ध्वस्त पार्नु छ भने अरू केही गर्नुपर्दैन, त्यस मुलुकको शिक्षालाई ध्वस्त पारे पुग्छ ।

बुजकसी खेल: खतरनाक शक्ति प्रदर्शन

अफगानिस्तानको एउटा रोमाञ्चकको खेल हो, बुजकसी। बुज भन्नाले पर्सियन भाषामा बाख्रो र कसी भन्नाले तान्ने (बाख्रो–तानातान) बुझिन्छ। रस्साकस्सी खेलमा डोरीलाई तानातान गर्नेजस्तै अर्थमा यसलाई पनि बुझ्नुपर्ने हुन्छ।

पश्चिमको आँखामा पूर्वीय सभ्यता

आज पाश्चात्य विद्वान् पूर्वीय ज्ञानप्रति नतमस्तक भई जसरी आफूलाई ऋणी ठानिरहेका छन्, सलीलले आफ्नो वैभव भुल्दै गएका आधुनिक पुस्तालाई आफ्नै गौरवमय अतीततर्फ फर्काउने प्रयास गरेर सिंगो युगलाई ऋणी बनाएका छन्।

सम्झनामा बुवा

हामीले बुवाले सोचेर चाहेजस्तो प्रगति गर्न नसके पनि जीवनमा न्याय र सत्यको बाटो छोडेका छैनौं । हामीले जीवनभर उहाँलाई केही दिन सकेनौं, उहाँले निर्माण गरेको सम्पतिमा र उहाँको प्रतिष्ठामा नै बाँचिरह्यौं । बुवा जीवित नभए पनि उहाँको जीवनको सत्य निष्ठा हामीसँगै छ । हामी जीवनभर सत्य निष्ठा बाँचेर बुवालाई सम्झिरहने छौं । यही नै हामी परिवारजनको तर्फबाट उहाँलाई श्रद्धाञ्जली छ ।

कोरोनाबाट सजिलै मुक्ति पाएको आधा शताब्दीको मान्छे

शुक्रबारसम्म कुनै लक्षण नभएको १० दिन पुगेको छ भने भाइरसको लक्षण देखिएका हिसाबले १३ दिन पुगेको छ। आफ्नै हिसाबले पनि म बिल्कुल स्वस्थ छु। तर यो समग्र कथाको एउटा पाटो ज्युँका त्युँ छ, त्यो हो– म बलियो ठहरिएँ, वा भाइरस कमजोर। सोधको विषय रहेको छ।

काठमाडौंको फूल बुस्वाँ जसले नेपाललाई चिनाएको छ विश्वमा

विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्