इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ ९ मा बूढानीलकण्ठका विभिन्न वडाबाट पाँच सयजनाको स्वाब संकलन ग-यो। यी संकलित स्वाबमध्ये ६३ जनामा कोरोना पोजिटीभ पाइयो। परीक्षण गराउनेको त्यो भीडमा म र मेरी श्रीमती थियौँ।
महाशाखाका एक मित्रलाई अघिल्लो दिन मैले फोन गरेको थिएँ। उनी सामुदायिक परीक्षणका सिलसिलामा कीर्तिपुर रहेछन्। मैले मेरो पनि गर्नुप-यो भनेँ। उनले भोलिपल्ट बूढानीलकण्ठमा परीक्षणको कार्यक्रम रहेको र त्यही आउन भने। अघिल्लो दिन मलाई पिसाब पोल्ने, टाउको दुख्ने र सामान्य ज्वरो थियो। त्यही कारण आश्वस्त हुन मैले परीक्षण गर्ने रहर गरेको थिएँ। मेरी श्रीमतीको यसमा खास जोड थिएन।
बूढानीलकण्ठ मन्दिरको पूर्वपट्टि रहेको बाटोको माथिल्लोपट्टि स्वास्थ्य कर्मचारी र बाटोमा परीक्षण भ्यान थियो। फारम भर्ने औपचारिकता सकेपछि सोही दिन (मंगलबार) सबा ११ बजेतिर हाम्रो स्वाब संकलन भएको थियो। फर्म भर्दा एक प्रौढसँग डटपेन सापटी मागेको थिएँ। त्यसो गर्दा पनि ममा एकतमासको डर थियो। के त्यो डटपेनमा पनि भाइरस होला ?
परीक्षणका बेला भ्यानभित्रका एक सैनिक पोसाकका सहित दुई प्राविधिक थिए र एकपटकमा दुईजनाको स्वाब संकलन गरिन्थ्यो। मैले भ्यानभित्रका ती दुई जनाको अनुहार राम्रोसँग नियालिनँ, ती रोबोटिक थिए। मेरो घाँटीको भित्रैबाट स्वाब निकाल्ने पहिलो प्रयास सफल भएन, मलाई ‘घ्याक्क’ खोकीजस्तो भएको थियो।
दोस्रोपटकमा स्वाब स्टिकले चाहेको मात्रामा स्वाब निकाल्यो। मेरो हातमा रहेको ट्युबमा त्यो लामो स्टिकको एक भाग राखियो। ट्युबको मुखभन्दा माथि रहेकोे बाँकी भाग ती प्राविधिकले यसो दोब्राउँदा सजिलै भाँचियो। स्वाबसहितको भाग ट्युबभित्र कैद भएपछि त्यसमा बिर्काे लगाउन भनियो। मैले त्यसै गरेँ। यतिवेलासम्म संसारलाई थर्काएको विषाणुको उपस्थिति ममा छ÷छैन भनेर निक्र्योल गर्न आवश्यक सामग्रीको संकलन भइसकेको थियो। भ्यानको अर्काे भागमा रहेको आइस बक्समा त्यसलाई राख्न भनियो। मैले त्यसै गरेँ।
मेरोभन्दा केही मिनेटअघि उनको स्वाब संकलन भइसकेको थियो। काम सकिएपछि हामी त्यहाँ धेरैबेर बसेनौँ। महामारीले एकापसमा ल्याएको अविश्वास र परायापनले हामीलाई धेरैबेर रोक्न सकेन। हामी घर फक्र्यौं। डर र सन्त्रास नभएको भए मानिसको त्यो लामो लाम, अत्याधुनिक परीक्षण भ्यान र रमिता हेर्न आएका अन्य समेत सहभागी रहेको त्यो माहोल आकर्षक थियो।
बाटोमा फर्कंदै गर्दा मैले उनलाई सोधेँ, ‘रिपोर्ट कहिलेसम्म आउँछ ?’
‘फोन आउँछ भनेका छन्,’ उनको उत्तर थियो।
बिहीबार झन्डै ११ बजे राति उनको मोबाइलमा मेसेजको घन्टी बज्यो। उनी कोठाको अर्काे खाटमा मस्त निदाएकी थिइन्। मलाई निद्रा थिएन, किनभने महाशाखाका ती मित्रले रातिसम्म रिपोर्ट आउने बताएका थिए।
शुक्रबारसम्म कुनै लक्षण नभएको १० दिन पुगेको छ भने भाइरसको लक्षण देखिएका हिसाबले १३ दिन पुगेको छ। आफ्नै हिसाबले पनि म बिल्कुल स्वस्थ छु। तर यो समग्र कथाको एउटा पाटो ज्युँका त्युँ छ, त्यो हो– म बलियो ठहरिएँ, वा भाइरस कमजोर। सोधको विषय रहेको छ।
‘मेसेज आएजस्तो छ,’ उनी जुरुक उठिन्। ‘रहेछ,’ उनले भनिन। मेसेज खोलेको २० सेकेन्डमै नेगेटिभ भन्ने थाहा भयो। आधा चिन्ता त घट्योे, मैले ठानेँ। तर मेरो मोबाइलमा मेसेज आएको घन्टी नबजेपछि मभित्र खतराको घन्टी बजिसकेको थियो। किनभने, त्यही दिन दिउँसो महाशाखाका एक कर्मचारीलाई फोन गरेर ‘रिपोर्ट कहिले आउँछ’ भनेर सोध्दा ‘नेगेटिभ भए तत्काल र पोजिटिभ भए केही समय लाग्ने’ बताएका थिए।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले आजकल ‘पुल टेस्टिङ’ विधि अपनाएको रहेछ। जसअन्तर्गत १० जनाको स्वाब लिएर एकैपटक परीक्षण गरिने रहेछ। सुरुमै सबैका नेगेटिभ आयो, टन्टा खलास। पोजिटिभ देखिए पाँच–पाँच नमुनालाई दोस्रोपटक परीक्षण गर्ने र त्यसमा पनि मिसमास आएमा एक–एक गरेर गर्ने। यसरी पोजिटिभ केसमा तीन पटकसम्म परीक्षण हुन जाने र नेगेटिभ भएका केसमा एकैपटकमा अथवा दुईपटकमा निक्र्योल हुन सक्ने रहेछ। परीक्षणका लागि रसायनको अभाव हुँदा र परीक्षणलाई छिटो निष्कर्षमा पु¥याउन सक्ने भएकाले अन्य राष्ट्रले पनि यो विधि अवलम्बन गर्ने गरेका रहेछन्।
चिन्ता लिन्न भन्दाभन्दै बिहीबारको रात कोल्टो फेर्दाफेर्दै बित्यो। भोलिपल्ट बिहान महाशाखाका ती मित्रलाई फोन गरेँ। ‘दिउँसो १, २ बजेसम्म आउँछ,’ उनको उत्तर थियो।
चिकित्सा क्षेत्रमा रहेका मेरा जेठानले नतिजाको खोजीनिती गरिरहेका थिए। शुक्रबार दिउँसो ११ बजेतिर उनको फोन आयो, ‘पोजिटिभ जस्तो छ।’
‘ला’, मेरो मुखबाट अनायसै निस्क्यो। तर, त्यसो होला भन्ने संंकेत पहिल्यै थियो। बूढी पनि चिन्तित देखिई। दोस्रो तलाका अर्काे कुनामा रहेको ११ वर्षे छोरो बोल्यो, ‘बाबालाई पोजिटिभ आयो।’ उस्लाई नतिजाको भेउ थिएन, न त भाइरसले संसारलाई थर्कमान पारेको हेक्का। अनलाइन गेम, टिभी र दिदीसँगको दोस्ती तथा मजाकले उसलाई लकडाउन सधैँ भइरहे हुन्थ्यो जस्तो लागेको छ। पछिल्ला सात महिना न त ऊ बेचैन छ, न त ऊसँग कुनै गुनासा छन्। बिन्दास केटो।
अब नतिजा कसलाई भन्ने ? म सोच्दै थिएँ। छरछिमेक र साथीभाइको प्रतिक्रिया के होला ? कोरोनाका बारेमा दर्जनौँ लेख लेखेको मान्छे आफैँ सिकार भएछ– कसैले भन्लान्। कसरी भएछ– कतिले सोध्लान्। उत्तर म आफैँसँग थिएन, मात्र केही सम्भावनाबाहेक। लकडाउन सुरु भएयता तीन महिना खाली रहेको भुइँ तलामा त्यही दिन मानिस आउने भनेका थिए। फोन गरेँ, ‘आज नआनुस् पछि खबर गरौँला।’
हाम्रा कारण अरुलाई बित्थामा किन जोखिममा पार्ने ! त्यसपछि मैले हाम्रा वडाका अध्यक्ष र यो विषय हेर्ने वडा सदस्यलाई जानकारी गराएँ र सुरक्षित होम आइसोलेसनमा बस्ने निर्णय सुनाएँ। दिउँसो बूढानीलकण्ठ नगरपालिकाका स्वास्थकर्मीले मेरो ठेगाना दोहो-याइतेह-याई सोधे। मैले ‘टोखा–६’ भनेँ। ‘कोमार्फत आउनुभएको,’ उताबाट प्रश्न आयो। मैले ‘महाशाखाका मित्रमार्फत त्यहाँ पुगेको’ बताए।
‘नाम पनि दिनुस् न, हामीले यहाँ राख्नुपर्छ,’ उताबाट सोधियो। मैले दिएँ। अब कन्ट्याक्ट ट्रेसिङ उतैतिरबाट हुन्छ, ती महिला कर्मचारीले भनिन्।
हाम्रो कुराकारी हुँदाहुँदै मेरा डाक्टर जेठान फेससिल्ड, स्प्रे, भिटामिन लगायत सामान बोकेर घर आइपुगिसकेका थिए। कार्यरत अस्पतालमा दर्जनौँ कोभिड–१९ का बिरामी उपचार गराएको अनुभव उनीसँग थियो। डाक्टर दाइ र नर्सिङमा मास्टर्स गरेकी बहिनीले होम आइसोलेसनका लागि ‘कोड अफ कन्डक्ट’ बनाए। छोराछोरी माथिल्लो तलामा र हामी तल्लो तलाका छुट्टाछुट्टै कोठामा बस्ने। म बसिरहेको कोठामा बाथरुम नहुँदा बाथरुम जाँदा एउटा साझा स्पेस साझेदारी हुने भयो। ‘तपाईं कसरी बाथरुमसम्म जानुहुन्छ, म हेर्छु,’ डा. साहेबको कथन थियो। म बाथरुमबाट फर्कंदा मेरो हातबाट पानीका थोपा भुइँमा झरे।
‘यो भएन,’ उनले भने, ‘राम्रोसँग हात सुकाएर अथवा पुछेर मात्र हिँड्नुस्, यो कण हिँड्दा पनि खस्छ।’ उनको ज्ञान र अनुभवका अगाडि म निरीह थिएँ।
‘मैले जेठान त पाएकै हो,’ मैले भने। ‘के रे,’ फेस सिल्ड भित्रबाट बोल्दाको चर्काे आवाज आएको डाक्टर साबलाई थाहा थिएन। २३ वर्षअघि हाम्रो बिहे हुँदा उनी नेपालमा थिएनन्। बिहेका बारेमा ससुराबाले उनलाई खबर समेत गर्नुुभएको थिएन। छोरो आउन नमिल्ने र यदि आउन चाह्यो भने निश्चित भइसकेको तिथिमिति फरक पर्ला भन्ने तर्क र चिन्ता बाको थियो। पछि थाहा भयो, खबर भएको भए जेठी बहिनीको बिहेमा उनी सरिक हुन सक्थे।
त्यसो त, एक दशक लामो विकासे अनुभवपछि पत्रकारितामा भएको दोस्रो इनिङ अन्तर्गत विकास, वातावारण, सामाजिक जीवन एवं सुशासनमा गत १ वर्षदेखि कलम चलाउँदै आएको मैले २४ फागुनदेखि कोरोनाका बारेमा समाचार लेख्ने थालेको रहेछु। मध्य भदौसम्म आफ्नै बाइलाइनमा दुई दर्जनभन्दा बढी सोधमूलक सामग्री नागरिकमा र डेढ दर्जन रिपब्लिकामा समाचार प्रकाशित भएका रहेछन्। यसबाहेक इकोनोमिस्ट, न्युयोर्क टाइम्स, प्रोजेक्ट सिन्डिकेट, टाइम मेगेजिन लगायतका अन्र्तराष्ट्रिय समाचार माध्यममा प्रकाशित सामग्रीको अनुवादले पनि मलाई यो विषयलाई बुझ्न सहयोग ग¥यो। हुन पनि, विश्व गत ८ महिनादेखि एउटै गुत्थीमा अल्झेको छ। अझै यसको कहिले टुंगो लाग्ला यकिन छैन।
कुनै बेला विज्ञानको विद्याद्र्यी समेत रहेकाले भाइरसका कतिपय कुरा बुझ्न तुलनात्मक रूपमा मलाई सजिलो छ। त्यसो त, कोरोनाको गहिराइमा धेरै कुरा छन्, यसको बहुरूपी चरित्र छ। यो संक्रामक रोगसँग विज्ञानदेखि जनस्वास्थ, राजनीतिदेखि सामाजिक जीवन जोडिएका छन्।
गणकबाट गणितमा झरेको त्यो दिन
नेपाल जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार साँझ ६ बजे औपचारिक रूपमा मेरो परीक्षणको नतिजा पोजिटिभ भएको मेसेज ग¥यो। भाइरस परीक्षणको नतिजा आएको त्यो दिन मेलै संसारलाई हेर्ने आख्यान बदलेको थियो। त्यो दिन संक्रमितको संख्या गणना गर्दै गरेको एक गणक आफैँ त्यही गणितमा समावेश भएको थियो। महामारीको अवलोकनकर्ता रहेको म अब अवलोकन गरिने पात्रमा झरेको थिएँ। अध्ययन र अनुसन्धानका हिसाबले त्यो दिन म ‘विषय अर्थात् सबजेक्ट’मा रूपान्तरित भएको थिएँ। लाग्यो, कसैले मलाई त्यही रूपमा डिजाइन गरेको थियो।
छरछिमेकीको भूमिका
वडामा खबर गरेकाले मेरो संक्रमणको समाचार टोलमा आइसकेको थियो। केही छिमेकीले फोन गरे। फोन आउँदासाथ मैले पहिलो बाक्यमा भने, ‘होम आइसोलेसनबाट नमस्कार।’ त्यसले हाम्रो त्यसपछिको वार्तालाई धेरै सजिलो बनायो। हामी रहेको फिसल टोलका अधिकांश सदस्य भाइबरको एक ग्रुपमा छौँ। मैले शुक्रबार दिउँसो नै तत्काल सो ग्रुपलाई जानकारी गराएँ। सुरक्षित हिसाबले होम आइसोलेनसनमा रहेको र रोगको खास लक्षण नहुँदा केही दिनमै ठीक हुने विश्वास त्यो मेसेजमा मैले गरेको थिएँ। त्यसपछि छिटो निको हुने शुभकामना, खानुपर्ने कुराका जानकारी सहितका दर्जनौँ म्यासेज आउने क्रम जारी रह्यो। ‘तिमीजस्तो मानिस कोभिड–१९ का लागि उपयुक्त छैनौँ, मजबुत र आशीर्वाद प्राप्त रहनू’ एक मेसेजमा भनिएको थियो। ‘दीर्घरोग नभएका लागि आत्तिनुपर्ने रोग होइन यो,’ अर्काे मेसेज थियो।
महामारीको सुरुताका संक्रमितलाई हेर्ने हाम्रो दृष्टिकोण ८ महिनामा फेरिएको थियो। चीनको वुहानबाट उद्धार गरिएर ल्याइएकालाई खरीपाटीमा क्वारेन्टिनमा राख्न खोज्दा विरोध गर्ने उपत्यकावासीको दृष्टिकोण समयसँगै फेरिएको छ, फेरिने क्रममा छ। हामी यो टोलमा रहन थालेको झन्डै २० वर्ष पुग्न लागेको छ। त्यसो त, २० वर्षअघिको खुला र सरर हावा चल्ने धापासीमा अहिले घरहरूको ठेलमठेल छ र कोलाहल छ। यो ठाउँ समग्र उपत्यकामा भएको बस्ती विकास र अव्यवस्थित सहरीकरणको प्रतिविम्ब बनेको छ। सहरी सपनालाई सकार पार्न मानिस जमिनका स–साना टुक्रामा बनेका घरमा कैद छन्। यही भीडभाड र ठेलमठेल महामारीको नियन्त्रणका लागि चुनौती बनेको छ।
पछिल्लो एक साता छरछिमेकद्वारा प्राप्त रोगसँग लड्न सहयोग पु-याउने मानिएको गुर्जो, तेजपत्ता, तुलसीका पात, रोजमेरी लगायत जडिबुटी, हरियो भटमास, हरियो कागती, लोकल कुखुराका अन्डा र फर्सीका मुन्टाले मलाई थप ऊर्जा दियो।
खानाका हिसाबले यो अवधिमा दालभात तरकारी, अनार, स्याउ, मेवा, केरा, दही, बेसार राखेको दूधसहित खसी र कुखुराको मासु खाइयो। कागती पानी खाने र घाटी कुल्ला गर्ने काम नियमित भयो। थोरै योगा, डान्स र कोठाभित्रै हिँड्ने गरियो। भिटामिन सी र जिंकसँग मेरो आफ्नै भाइले ल्याएको श्रीलंकन चिया ‘दिलमाह’ नियमित सेवन गरियो। भाइबुहारीले बनाएको विभिन्न अन्न मिश्रित लिटो दूधमा राखेर यो अवधिमा नियमित खाइयो।
बिहीबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर लगायतको टोली मेरो हालचाल बुझ्न घरमै आए। संक्रमितको घरमै आएर स्थानीय सरकारले लिएको यो चासो सराहनीय मान्नुपर्छ। मैले कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी पार्न भनेँ।
किन यत्रो विधि त्रास
संक्रमणको सूचना प्राप्त हुँदासाथ हामी यो विषयलाई तन्क्याएर मृत्युसम्म जोड्दा रहेछौँ। कारोनाका कारण यतिको मृत्यु, उति संक्रमित, खतरनाक भाइरस, औषधि उपचार छैन, अब के होला भन्नेजस्ता विषयले त्रास र भय झन् बढेको छ। कोरोनाबाट निको भएका कथाभन्दा पीडा र मृत्युका कथा आमसञ्चारमा बढी आउँछन्। दिन र रातका हरप्रहर कोरोनामय हुँदा कोरोनाभाइरसका ८० प्रतिशत बिरामी घरमै सन्चो हुने, १६ प्रतिशत अस्पतालको सामान्य उपचारबाट निको हुने र चार प्रतिशतलाई मात्र सघन उपचार चाहिने तथ्य लुकिरहेको छ। मृत्युका एकाध प्रतिशतलाई हामीले शतप्रतिशतमा पु¥याएका छौँ, समस्या त्यहीँ छ। तथ्य एकातिर छन्, हाम्रा सोच अर्काेतिर। हामी अनाहकमा तर्सेका छौँ।
सुरुका दुई दिनमा सामान्य ज्वरो र तेस्रो दिन देबे्र हात र देब्रे ढाडमा अकस्मात राता बिबिरा (¥यासेज) देखिएका थिए। तर केही घन्टामै ती हराएका थिए। शौभाग्यवश सुरुका यी तीन दिनपछि ममा रोगका कुनै लक्षण देखिएनन् र यसरी शुक्रबारसम्म कुनै लक्षण नभएको १० दिन पुगेको छ भने भाइरसको लक्षण देखिएका हिसाबले १३ दिन पुगेको छ। रोगको लक्षण देखिनका लागि कम्तीमा तीन दिनअघि संक्रमण भएको अनुमानले भाइरससँगको मेरो उठबस शुक्रबार १६ दिन पुग्यो। विश्व स्वास्थ्य संगठनको एडभाइजरी र नेपाल सरकारका प्रोटोकलका हिसाबले ममा अब अन्यलाई संक्रमण गर्न सक्ने भाइरस छैन। आफ्नै हिसाबले पनि म बिल्कुल स्वस्थ छु। तर यो समग्र कथाको एउटा पाटो ज्युँका त्युँ छ, त्यो हो– म बलियो ठहरिएँ, वा भाइरस कमजोर। सोधको विषय रहेको छ।
प्रकाशित: २० भाद्र २०७७ ०४:३८ शनिबार