२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बडादसैंको एकादशी आज पनि टीका लगाउने क्रम जारी

आज आश्विन शुक्ल पक्षको एकादशी। विजया दशमीको टीका लगाउने क्रम आइतबार पनि जारी छ। नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम मुलुकका अधिकांस ठाँउमा कोजाग्रत पूर्णिमासम्मै रहन्छ।

आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गएर टीका ग्रहण गर्ने गरिन्छ।

टाढा रहेका आफन्तकहाँ टीका लगाउनु पर्ने भएकाले पनि पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद्को भनाइ छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम पनि सकिनेछ । 

आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस   एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवानको पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ ।  

प्रकाशित: २७ आश्विन २०८१ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App