coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

हिरा शर्मा ‘संघर्ष’का दश मुक्तक

मुक्तक

हिरा शर्मा ‘संघर्ष’

बरु आधा देउ भो सानु माया पूरा चाहिएन

हात थामे हुन्छ दुःखमा पोते चुरा चाहिएन

ठेस लाग्दा उठाइदेउ घाम हँुदा छाता देउ

आकाशका तारा झार्ने कुरा चाहिएन।  

०००

पत्याउ या नपत्याउ तिमीलाई यो मन दिएकी छु

छाम्न सक्छौ आफ्नै छातीमा धड्कन दिएकी छु

सँगै तरौंँला नि जँंघार जिन्दगीको भनेर नै मैले

सम्हाल या फाल तिमीलाई यो जीवन दिएकी छु।

०००

तिम्रो यादमा नतड्पेको रात कहाँ छ र

क्षति भयो जिन्दगीमा राहात कहाँ छ र

कर्म फुट्यो साथ छुट्यो अशुभ पो भएकी छु

खडेरी छ उराठिलो बर्सात कहाँ छर?

०००

के गर्यौगर्यौ सयाँै हजारौ रहर बनायौ

साउने भेलझँै उर्लेर आई बगर बनायौ

म दुखेको पीडा तिमीलाई के नै थाहा छ र ?

रोग निको पार्छु भन्दै क्यान्सर बनायौ।  

०००

मौन बर्त बस्या जस्तो ग्याङ्ग बेकार

खुल्ला न बन्द दिमाग ह्याङ्ग बेकार

बोधिचित्त चिन्छ को मालामाल छ  

मिल्काउँछ भन्दै उखेलेर भन्दै झ्याङ्ग बेकार।  

०००

सुरुसुरुमा हो हरोइन हुन्छन् हिरा हुन्छन्

केके होे केके नछोइएरै मुटुको चिरा हुन्छन्

दुईचार वर्ष पुग्न दिनुस पराही नै हुन्छन् राम्रा

आफ्ना भका जति उनै खुर्सानीझै पिरा हुन्छन्।  

०००

खै कसरी मान्छेको मनमा विष फल्छ थाहै हुन्न

पुग्दापुग्दै पनि लोभको आगो बल्छ थाहै हुन्न

करौडौमा कमाएको इज्जतप्रतिष्ठाको घर पनि

धनको भूकम्पले छिनमै गर्लाम्गुर्लुम्मै ढल्छ थाहै हुन्न।  

०००

खै किनकिन यसरी उसैतिर मेरो ध्यान गयो

सुन्नु हुनेछ एकदिन कसैको प्रेम अग्निले ज्यान गयो

हुन त म उसको यादमा बेहोस भई लडेकी हुँ

एक हुल आई भन्यो व्यर्थैमा विचरीको प्राण गयो।  

०००

हिजोआज पत्थरझै मेरो दिल भएको छ

उसको धेरै मायाले अझै मुस्किल भएको छ

न केही आश न जीवनभरि साथ दिन्छ उसले

उल्टै मेरै इज्जत लुट्न काविल भएको छ।  

०००

धेरै पटक मुख धोएकी छु आँसुलाई पानी सम्झेर

चित्त बुझाउँछु अचेल जिन्दगीको कहानी सम्झेर

धेरै दौडधुप छ यहाँ धन कमाउन सकिनसकी

जल्छ चित्तामा ज्यान उडाउँछ हावाले खरानी सम्झेर।

०००

प्रकाशित: २२ भाद्र २०७७ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App