वसन्त श्रेष्ठका मुक्तकहरू
हिडें अवश्य पुगिन्छ दौडिए लडिन्छ थाहा नभएर होला अचेल नाम र पदको मोहमा सबै दौडेको देख्छु जताततै।
हिडें अवश्य पुगिन्छ दौडिए लडिन्छ थाहा नभएर होला अचेल नाम र पदको मोहमा सबै दौडेको देख्छु जताततै।
करौडौमा कमाएको इज्जतप्रतिष्ठाको घर पनि धनको भूकम्पले छिनमै गर्लाम्गुर्लुम्मै ढल्छ थाहै हुन्न।
आदि मुक्तककार मोतिराम भट्टको १५४ औँ जयन्तीका अवसरमा नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाले अनलाइनमार्फत शनिबार अन्तर्राष्ट्रिय मुक्तक मेला आयोजना गरेको छ।
अहिले त यो मुस्कान हो, यही मौकामा निरन्तर मुस्कुराउ प्रिय, रहँदैन यो खुसी सदासदा एक न एक दिन समयले खाटो बनाउँछ ।
चालिस काटेर पातलिएको मेरो मायालाई बिस्तारै च्यातिएको भान दिई सिउनुको मजा बेग्लै।
लास मेरो चितामाथि जल्दै गर्दा खेरी हातमा तिम्रो सिन्दूरपोते चुरा हुन्छ होला।
माया गर्छु भनिन्, मुटुमा राख्छु भनिन् म हुरुक्क भएँ । स्वाद लिनसम्म लिइन्, कागती निचोरेर फालेझैँ बनाइदिइन ।
मुटु बिझाउँदा यादले जब आँखा रसाउँछ, आँसु लिन्छु हातमा सधैं तिमीलाई सम्झिएर।
पश्चातापले फर्की आउँदा बाटामा तिमीले जँघार तरेको खोलाको मुहान यै आँखा हो।
महान काम गरेजस्तो हत्याराको शान हेर, बधशालाको मालिकजस्तो न्यायधिशको इमान हेर।
आज विश्व चकित, जाबो एउटा भाइरससंग। गोला, बारूद, मिसाइल पनि हार खाएको देख्दाखेरि।
विकास सुवास नभएको फूलले घोच्छ अराजक मान्छेको हूलले घोच्छ ठेकेदारहरू चलाख भएको यो मुलुकमा बनिनसक्दै भत्कने पुलले घोच्छ ।
कोहीकोही यहाँ पुस्तकालयमा गीता बेच्छिन् । मजबुरीले होला आफ्नै छोरी सीता बेच्छिन् । दलित फूलमाया पहिला मन्दिरमा फूल बेच्थिन् बेच्न फूल अहिले उनी अस्मिता बेच्छिन्
कोट्टिन्छन् फेरि घाउ प्रेमको नाउँमा, राख्दिन जोवन दाउ प्रेमको नाउँमा। यो प्रेम भन्ने शब्दसंग टुटिसक्यो भरोसा अब, बिन्ती गुलाफ नपठाउ प्रेमको नाउँमा।