८ चैत्र २०८२ आइतबार
image/svg+xml

ओखलढुङ्गामा दिउँसाे १ बजेदेखि मतगणना हुँदै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा सर्वदलीय बैठक सम्पन्न भएकाे छ।

सर्लाही–४ मा अमरेशले ४ हजार ३२३ मत प्राप्त गर्दा गगनको कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेशकुमार सिहंले अग्रता हासिल गरेका छन्।

बागलुङ–२ मा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोम शर्माले अग्रता लिएका छन्।

एमालेका शीर्ष नेताहरू रास्वपाका नेताहरूसँग पछाडि

झापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहेका छन्।

रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता

प्रारम्भिक नतिजा अनुसार प्रलोपाका जनार्दन शर्माको सुरुवाती अग्रता देखिएको छ।

बाबुरामद्वारा रवि लामिछानेलाई जितको शुभकामना

साथै देशमा लामो समयदेखि विद्यमान आन्तरिक राजनीतिक र बाह्य भूराजनीतिक चुनौतीहरू व्यवस्थापन गर्दै जनताका जायज आकांक्षाहरू छिटो पूरा हुनुपर्ने बताएका छन्।

इलाम-२ को मतगणना साढे १२ देखि

इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेललले जानकारी दिए ।

योगेशले खोले मुस्ताङबाट कांग्रेसको विजयी खाता

हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन।

मुस्ताङमा काँंग्रेसका गौचन विजयी : औपचारिक घोषणा हुन बाँकी

मुस्ताङमा काँंग्रेसका योगेश गौचन विजयी भएका छन्। यसको औपचारिक घोषणा हुन बाँकी छ।

निर्वाचन प्रारम्भिक मतगणनाः ४२ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

इलाम-१ को सर्वदलीय बैठक स्थगित

इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचारिक छलफलपछि बैठक केही बेरमा फेरि बोलाइएको छ ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।

दाङ–३ मा रास्वपाको अग्रता

दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।

धनकुटामा अब मतगणना हुँदै

धनकुटाकाे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीकाे अनुसार मतगणनाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्