दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
पछिल्लो परिणाम अनुसार रास्वपाका कमल सुबेदीले ५ सय ३ मतका साथ अग्रता लिएका हुन्।
यसैगरी, कांग्रेसका दिपक गिरी २ सय ८४ मतका साथ दोस्रो स्थानमा छन् भने एमालेका घनश्याम पाण्डेले १ सय ३४, नेकपाका धनबहादुर मास्कीले ३८ मत प्राप्त गरेका छन् ।
यहाँ हालसम्म १ हजार ५ मत गणना भएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १२:०० शुक्रबार



-600x400.jpg)
