२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

योगेशले खोले मुस्ताङबाट कांग्रेसको विजयी खाता

हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन्।

थकालीको यो समेत प्रतिनिधिसभामा दोश्रो सहभागिता हो। २०७९ मा भएको निर्वाचनमा पनि उनले त्यही क्षेत्रबाट जित हात पारेका थिए। अघिल्लो निर्वाचनमा विजयी हुँदै गर्दा संसदमा पुग्ने उनी सबैभन्दा कान्छो सदस्य थिए।

थकालीका प्रतिश्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ पाएका छन्। तेश्रो स्थानमा रहेको रास्वपाका अधितीय चन्द्र थकालीले भने ७ सय ५९ मत मात्र पाएका थिए। मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको थियो।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनी थासाङ गाउँपालिकाको लेतेका बासिन्दा हुन्। विद्यार्थी समयदेखि नै उनले कांग्रेसको राजनीति गरेका उनले जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताए।

प्रकाशित: २२ फाल्गुन २०८२ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App