नेकपा एमालेका सबैजसो शीर्ष नेताहरू प्रारम्भिक मतगणनामा पछि परेका छन्। झापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहेका छन्।
दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोखरेल पनि रास्वपाका नेता विपिन आचार्यसँग पछि परिरहेका छन्। एमाले उपाध्यक्ष रुपेन्देही २ बाट विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग निरन्तर पछाडि परिरहेका छन्।
काठमाडौं क्षेत्र नं ५ मा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल सस्मित पोखरेलसँग निरन्तर पछि पारिरहेका छन्। एमाले सचिवद्वय महेश बस्नेत र राजन भट्टराई पनि रास्वपाका उम्मेदवारसँग पछि परिरहेका छन्।
बस्नेतलाई रास्वपाका राजिव खत्री र भट्टराईलाई पुकार बमले पछि पारिरहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १२:३३ शुक्रबार

