कैलाली–४ को मतगणना सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपश्चात यहाँको गणना सुरु गरिएको हो।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपश्चात यहाँको गणना सुरु गरिएको हो।
रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।
मोरङ क्षेत्र नं २ मा रास्वपाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।
भाेजपुरकाे प्रमुख जिल्ला अधिकारी राजन पाैडेलकाे अनुसार ११ बजे सर्वदलीय बैठक बस्ने भएकाे छ।
रास्वपाका आनन्द बहादुर चन्दले अग्रता लिएका छन्। उनले १६२ मत प्राप्त गरेका छन्।
साेलुखम्बुकाे जिल्लाकाे मतपेटिका सकंलन भइरहेकाे छ। प्रमुख जिल्ला अधिकारी लीला केसीकाे अनुसार मतपेटिका सकंलन भएपछि सर्वदलीय बैठक बसी मत गणना सुरु हुनु भएकाे छ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका डा. अमरेश सिह बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
बिहान बसेको सर्वदलीय बैठकले ११ः३० बजेदेखि मतगणना गरिने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।
मोरङ क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मोरङ २ मा रास्पवाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।
कास्की क्षेत्र नम्बर २ मा हालसम्म ९ हजार ५ सय ५ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ५ हजार १ सय ७० मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।
सुनसरी क्षेत्र नं.३ मा सुरुवाती मतगणनामा रास्वपा उम्मेदवार अशोक चौधरीले अग्रता कायम गरेका छन्।
सुनसरी क्षेत्र नं. २ मा अब केही बेरपछि ११:३० बजेबाट मतगणना हुने भएको छ।
रौतहट क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न भएको निर्वाचनको गणना शुक्रवार बिहान १० बजेदेखि शुरु भएको हो ।
रास्वपाका राजवंशी र मोदीबिच ७ हजार ५९८ मतको अन्तर रहेको छ।
मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रता लिइरहेका छन्।