सुनसरी क्षेत्र नं. २ मा अब केही बेरपछि ११:३० बजेबाट मतगणना हुने भएको छ।
इनरुवाको भगवती माध्यमिक विद्यालयमा भएको सर्वदलीय बैठकमा दलहरू बिच सहमति भएको हो। यस निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस निर्वाचन क्षेत्रमा इटहरीका १०, रामधुनीका पाँच, इनरुवाका छ, देवानगञ्जका सात र हरिनगर गाउँपालिको एउटा वडा गरि ३० वटा वडा पर्छन्। जसमा उम्मेदवारको जित सुनिश्चित गर्ने इटहरी क्षेत्र नै हो।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:३३ शुक्रबार





