१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी पुसमा

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।

प्रधानमन्त्रीलाई ढाका भ्रमणको निम्तो, सहयोगका नयाँ क्षेत्रमा साझेदारीका लागि प्रम हसिनाको प्रस्ताव

नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन्।

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ...’

‘असारे महिनामा...’, ‘साँघुरी वारी...’, ‘साउने खोला...’, ‘लेकाली हो हो...’, ‘शिर शाय हेगु...’, ‘झम्के फुली...’, ‘एही ठहिया...’, ‘नेपाली हामी रहौँला...’, बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको थियो। सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेशनल परेड स्क्वायर’ को सभाकक्षा गुञ्जयमान भएको थियो।

राष्ट्रपति भण्डारी ढाकामाः समकक्षी हमिदले विमानस्थलमा गरे स्वागत, आजै महत्वपूर्ण भेटवार्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।

तेह्रथुमको ढाका

‘हामीले रंगिचंगी स्कार्फसँगै विभिन्न डिजाइनका कपडा तयार गर्न थाल्यौँ,’ उज्वलता भन्छिन्, ‘मैले मान्छे राखेर २०४५ सालदेखि काम थालेको हो। हामी कपडा बनाएर धनकुटासम्म बोकेर लैजान्थ्यौँ।’

रोजाइमा ढाका पोसाक

पाल्पाली ढाकाको महत्व बढ्दै गएको छ। विसं. २०१५ सालदेखि प्रचलनमा आएको पाल्पाली ढाकाबाट तयार हुने पोसाकहरू अहिले राष्ट्रिय पहिचान बनाएको छ।

टोपी दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र ढाका टोपी दिवस पाल्पालीले एकसाथ मनाएका छन्। नेपालीले टोपी दिवस मनाईरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। जनवरी फस्ट, २०२० नयाँ वर्षको पहिलो दिन। नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाईरहँदा अन्य दिनहरुको तुलनामा पाल्पामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।

अबाहानी ढाकासँग हार्‍याे मनाङ मर्स्याङ्दी

एएफसी कपअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १–० ले पराजित भएको छ।

टोपी फेसन

भक्तपुरको टौमढीमा करिब ५५ वर्षदेखि टोपी पसल चलाउँदै आएकी छन् कमला प्रधानाङ्ग । उनका अनुसार पहिला टोपी पसल कम थिए । तर, पछिल्लो समय टोपी लगाउने फेसन भएपछि पसल बढेका छन्।

जब जिन्दगीले संघर्ष सिकाउँछ

कल्पना योङहाङ लिम्बुले जीवनमा यो तहको सफलता हात लाग्ला भनेर सोचेकी पनि थिइनन्। हरेक प्रयास निराशामा टुंगिन्थे। हरेक साथ असहाय बनाएर जान्थे। तर हिम्मत नहारेपछि सम्भावनाका ढोका खुल्दा रहेछन्।

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

नयाँ वर्षको पहिलो दिन साहित्यकार कृष्णकला भण्डारीले उल्लेखित शब्द सहित फोटो पोष्ट गरिन्। यसरी आज फोटो पोष्ट गर्ने उनी एक्ली भने होइनन्। पाल्पाका अधिकांश युवाहरूले ढाका टोपी लगाएर फोटो सेयर गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन, ढाका टोपी दिवस।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्