८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति भण्डारी ढाकामाः समकक्षी हमिदले विमानस्थलमा गरे स्वागत, आजै महत्वपूर्ण भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान बङ्गलादेशको राजधानी ढाकामा पुगिसकेकी छन्। 

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी हुन्।  

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।  

राष्ट्रपतिलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो। राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन्। त्यहाँ उनले वृक्षरोपण पनि गरे। राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा पुगेकी छिन्।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै  द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन्। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।रासस 

प्रकाशित: ९ चैत्र २०७७ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App