२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

गोलभेंडाः काठमाडौंमा १० रुपैयाँमा बिक्दैन, पोखरामा किलोको ७०

राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकियो। किसानले झन्डै चारलाख किलो गोलभेंडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यही गोलभेंडाको प्रतिकिलो खुद्रा मूल्य ६५ देखि ७० रुपैयाँ छ।

पोखरामा गिट्टी,बालुवा संकलनका टेण्डर आह्वान गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।

आन्तरिक पर्यटक लक्षित गर्दै पोखरामा महोत्सव

यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यावसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यावसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचेजति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्। पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँस्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

दोहोरिइरहने हवाई दुर्घटना

नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ।

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

२२ औं आहा रारा गोल्डकप: धरान र सहारा १२ वर्षपछि उदघाटन खेलमा भिड्दै

नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।

पोखरामा निजी शौचालय सार्वजनिक रुपमा प्रयोग

बजारमा सार्वजनिक शौचालय नहुनु, होटल तथा रेष्टुरेण्टले शौचालयमा ताल्चा लगाएर राख्ने र होटल तथा रेष्टुरेण्टमा बसेर खाएमात्र शौचालय प्रयोग गर्न दिने गर्दा बटुवालाई दिसा/पिसाब लाग्दा हैरानी खेप्नुपर्ने बाध्यता थियो।

पोखरामा बसपार्कः नयाँ होईन, पुरानैलाई टालटुल

पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन। बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण गरेसँगै बसपार्क निर्माणका लागि पैसापनि छुट्याइएको थियो। जग्गा र पैसा भएरपनि राजनीतिक ईच्छाशक्ति नभएका कारण बसपार्क निर्माण भएन। जसका कारण पोखरेलीले आधुनिक बसपार्क अझै पाउन सकेका छैनन्। तर पोखरेलीको सपना अनुसार पोखरा बसपार्क नबनेपनि त्यसले रुप भने फेर्दैछ।

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। पोखरा महानगरपालिका–४फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।

स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ।

पाहुना तान्न पोखरामा सडक महोत्सव

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएको हो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्