७ वैशाख २०८१ शुक्रबार
खेल

२२ औं आहा रारा गोल्डकप: धरान र सहारा १२ वर्षपछि उदघाटन खेलमा भिड्दै

फाइल तस्बिर

धरान फुटबल क्लब १२ वर्षपछि पोखरा रंगशालामा उदघाटन खेल खेल्न उत्रिदैं छ। सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछि हो। २०६८ सालमा यी दुई बीच  उदघाटनमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो। नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।  

फुटबलको लागि धरान र पोखरा पर्याय नै हुन्। बुढासुब्बा गोल्डकपबाट प्रेरित भएको सहाराले क्याराभान गोल्डकपबाट मोफसलमा नकाउट फुटबलको जग बसाल्यो। त्यो फुटबलको जग २०७९ सम्म आईपुग्दा क्याराभानसँगै २२ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आईपुगेको छ। मोफसलको नकाउट फुटबलको यो नै नियमित प्रतियोगिता हो।  

सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ। सार्वजनिक गरेको खेल तालिका अनुसार सहाराले पुस १४ गते धरानलाई आतिथ्यता गर्दै छ। धरानको सहभागिता पोखरामा नियमित जस्तै छ। पहिलो आहा गोल्डकप(२०५९)देखि धरानको उपस्थिति रहँदै आएको छ। पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो। दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौंसम्म धरान फुटबल क्लबको उपस्थिति थियो। २०६७ को नवौंमा फेरी धरानले आफुलाई आहा गोल्डकपमा उभ्यायो। त्यसपछि दशौं, एघारौं आहा रारा गोल्डकप, १२औं पछि फेरी तीन वर्ष धरानको अनुपस्थिति रह्यो।  

१५ औं, १६ औं, १७ औंमा पोखरामा सहभागितापछि धरानको २१ औं सम्म आइपुग्दा पोखरा यात्रा रोकियो। तर सहारासँगको उदघाटन खेल भने १२ वर्षपछि मात्रै हो। नवौ र दशौं आहा गोल्डकपमा पोखरा रंगशालामा यी दुई बीच आमने सामने भएको थियो। त्यसपछि यी दुई क्लबले उदघाटन खेल खेलेका छैनन्। खेल तालिका अनुसार पुस १५ गते गोल्डकपमा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाईटेडसँग खेल्ने छ। पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लब बीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चार प्रवेशको लागि खेल्ने छ। पुस १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।  

पुस १८ गते क्वार्टरफाईनल त्रिभुवन आर्मीक्लब र संकटा क्लब बीच हुने छ। अर्को क्र्वाटरफाईनल खेल मनाङ मस्र्याङ्दी क्लबले भुटानिज युथ एससी अमेरिकासँग खेल्ने छ। पुस २० र २१ गते दुई सेमिफाईनल खेल र पुस २३ गते गोल्डकपको फाईनल हुने सहारा क्लबले जनाएको छ।। हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको पुरस्कार राशी समेत बढाइएको छ। विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ। उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृति र उत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारलाई खेमबहादुर गुरुङले प्रायोजन गरेका छन्। 

प्रकाशित: ८ पुस २०७९ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App