८ वैशाख २०८१ शनिबार
अर्थ

एभरेष्ट बैंकद्वारा पोखरामा १२२ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा अर्थविद् डा. गणेश गुरुङले पञ्जाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने उल्लेख गरेका छन्।

नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्ने तथा यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने बताए। योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगेको जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App