१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

फाइल तस्बिर।

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ।

गर्मी छल्न किशोर आमा र भाईसँग स्विमिङ पुल गएका थिए। त्यहाँ स्विमिङ गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका उनी एक्कासी स्विमिङ पुल भित्र खसेर डुबेको प्रत्यक्षदर्शीले बताएका छन्। आमाको ध्यान साना बालकतिर गएकाले किशोर डुबेको केही समयपछि मात्रै उनले थाहा पाएकी थिइन्।

जसका कारण केही ढिलो गरेर मात्र उनको उद्धार भएको प्रत्यक्षदर्शीको भनाइ छ। उद्धार लगत्तै उनलाई पेट थिचेर पानी छदाएको र उपचारका लागि पोखरा–४ गैह्रापाटनस्थित फिस्टेल हस्पिटल पर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।

मृतक किशोरले लाइफ ज्याकेट नलगाएको बुझिएको छ। स्विमिङ पुलका लाइफ गार्ड (प्रशिक्षक) भएपनि उनी स्विमिङ कस्ट्यूम नलगाई बसेको र उनले घटना घटेको केही समयपछि मात्रै थाहा पाउँदा उद्धारमा ढिलाई भएको स्थानीय राजन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ४ असार २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App