२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपत्यकाबाट बाहिरिनेहरुका लागि ११ गतेदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स दिन सुरु गर्‍यो

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।

सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’

सवारीसाधनले क्षमताभन्दा बढी भार बोकेमा कारवाही

यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ। मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्