२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

‘जेन-जी सुशासन योद्धा’ का ४५ सहिदको नामावली सिडिओ कक्षमा राख्न गृहको परिपत्र (सूचीसहित)

गृह मन्त्रालयले ‘जेन–जी सुशासन योद्धा’ घोषणा गरिएका ४५ जना सहिदहरूको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको छ।

मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले आइतबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै ३ दिनभित्र प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यकक्षमा देखिने गरी उक्त नामावली राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनलाई मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरिएको थियो। उक्त सूचना गत कात्तिक १७ गतेको नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

मन्त्रालयका शाखा अधिकृत पदम बहादुर खत्रीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उल्लिखित जेन–जी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनुहुन मिति २०८२/०८/२१ गतेको निर्णयानुसार अनुरोध छ।’

मन्त्रालयले पठाएको सूचीमा ४२ जनालाई ‘जेन–जी सुशासन योद्धा, २०८२’ र ३ जनालाई ‘अमर प्रहरी’ का रूपमा वर्गीकृत गरिएको छ। जसमा मिलन राय (सिन्धुली), अमृत गुरुङ (कास्की) र उत्तम थापा (दार्चुला) लाई अमर प्रहरीको सूचीमा राखिएको छ।

यस्तो छ गृह मन्त्रालयले पठाएको ४५ जनाको नामावली

१. बुद्धिबहादुर तामाङ - कीर्तिपुर-२, काठमाडौँ
२. सन्तोष विश्वकर्मा - बेलका-४, उदयपुर
३. सुलम राज श्रेष्ठ - नेपालगन्ज-१, बाँके
४. श्रीयम चौलागाईं - बेलवारी-११, मोरङ
५. ईश्वत बहादुर अधिकारी - का.म.पा.-११, काठमाडौँ
६. आयुष थापा - नेपालगन्ज-१, बाँके
७. गौरव जोशी - धनगढी-५, कैलाली
८. योग बहादुर श्रेष्ठ - बाह्रबिसे-६, सिन्धुपाल्चोक
९. माधव सारु मगर - भूमिकास्थान-४, अर्घाखाँची
१०. बिमल बाबु भट्ट - बारपाक सुलिकोट-५, गोरखा
११. असहाब आलम ठकुराई - वीरगंज-१२, पर्सा
१२. सोरन किशोर श्रेष्ठ - बागलुङ-४, बागलुङ
१३. सुभाष कुमार बोहरा - खसडछास्रा-७, बझाङ
१४. रसिक खतिवडा खत्री - पनौती-१०, काभ्रे
१५. बिनोद महर्जन - ललितपुर-७, ललितपुर
१६. दिल नारायण तामाङ - तिमाल-७, काभ्रे
१७. योगेन्द्र न्यौपाने - गोलान्जोर-१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ - इनरुवा न.पा.-६, सुनसरी
१९. मोहन सरदार - इटहरी-१४, सुनसरी
२०. छत्रमान कुथुमी - पाख्रिबास-२, धनकुटा
२१. ओझन बुढा - स्वामिकार्तिक खापर-२, बाजुरा
२२. साजन राई - धरान-२२, सुनसरी
२३. अनिश पराजुली - पालुङटार-३, गोरखा
२४. सारकुमार राई - चौदण्डीगढी-३, उदयपुर
२५. अर्जुन भट्ट - गण्डकी-४, गोरखा
२६. धिरज श्रेष्ठ - तादी-३, नुवाकोट
२७. देव कुमार सुवेदी - लालबन्दी-५, सर्लाही
२८. उमेश महत - चौतारा साँगाचोकगढी-८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ - सिलिचुङ-३, संखुवासभा
३०. निखिता गौतम - कालिका-८, चितवन
३१. अभिषेक चौलागाईं - शैलुङ-४, दोलखा
३२. बिजय चौधरी - लहान-१५, सिरहा
३३. भिम राज धामी - दुर्गाथली-१, बझाङ
३४. निरज पन्त - दशरथचन्द-६, बैतडी
३५. दीपक सिंह साउद - शिवनाथ-२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ - ककनी-१, नुवाकोट
३७. ज्ञानेन्द्र सेढाई - अर्जुनधारा-११, झापा
३८. दिनेश राजवंशी - अर्जुनधारा-८, झापा
३९. कमल भण्डारी - हिलिहाङ-२, पाँचथर
४०. दिपेश सुनुवार - तिनपाटन-६, सिन्धुली
४१. महेश बुढाथोकी - विगु-३, दोलखा
४२. लच्छुमान राई - पञ्चकन्या-२, नुवाकोट
४३. मिलन राय - दुधौली-८, सिन्धुली (अमर प्रहरी)
४४. अमृत गुरुङ - रुपा-५, कास्की (अमर प्रहरी)
४५. उत्तम थापा - लेकाम-३, दार्चुला (अमर प्रहरी)

प्रकाशित: २२ मंसिर २०८२ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App