१५ वैशाख २०८१ शनिबार
image/svg+xml

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।

यातायात विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीको प्रदर्शन (फोटोफिचर)

बिहीबार राष्ट्रिय मिटर व्यवसायि ट्याक्सि चालक संघले विभाग अगाडि ट्याक्सि राखेर प्रदर्शन गरेका हुन्।

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ। यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो।

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया अघि बढेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले भने, ‘नयाँ उपकरण खरिदका लागि प्रक्रिया भइसकेको छ र अर्को मेसिन आएपछि समस्या समाधान हुनेछ।’

अन्तरप्रदेश गुड्ने सवारी साधनको भाडा ५ देखि ७ प्रतिशत घट्यो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार पत्रकार सम्मेलन गरेर पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ कर घटाउने निर्णय भएको जानकारी गराएका थिए।

इम्बोस्डको ‘एम्बुस’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमै सवारीसाधनमा जडान गर्नुपर्छ। त्यसका लागि पनि सास्ती खेप्नुपर्ने हुन्छ।

इम्बोस्ड नम्बर जडान: सडकदेखि सदनसम्म विरोध

सरकारले आगामी साउन १ गतेभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सूचना जारी गरेपछि संसद् र सामाजिक सञ्जालमा विरोध हुन थालेको छ।

डेढ महिनामा १७ लाख सवारीसाधनमा कसरी जडान होला इम्बोस्ड नम्बर प्लेट?

विभागले यसका लागि विभागले यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी)एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारालाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न परिपत्र गरेको छ।

इम्बोस्ड नम्बरले सेवाग्राहीलाई दुःख

अबका पाँच सातामा विभागले भनेजस्तै गरी वाग्मती प्रदेशका सबै सवारी साधनमा यो नम्बर लागु हुन सम्भव छैन। सर्वसाधारणलाई सहजै सेवा लिन सक्ने बनाउनुपर्छ। अहिले तोकिएको समयावधि सबैले इम्बोस्ड नम्बर लिन सक्ने बनाउन स्पष्ट कार्ययोजना विभागको तर्फबाट आउनुपर्छ।

उपत्यकामा ६ वर्षमा सवारीसाधन दोब्बरः सडक पूर्वाधार पुरानै, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दोब्बरले बढेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए। अहिले उपत्यकामा सडकको कुल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ। तर यस अवधिमा उत्पत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन्।

राजधानी केन्द्रित ठूला परियोजना: सपना मात्र देखाइन्छ, निर्माण गरिँदैन

यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई पनि प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन।

निरीक्षण गर्ने पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेट जडान

विभागले दुईपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५ सय, तीनपांग्रेमा २९ सय, साना चारपांग्रे सवारीमा ३२ सय र ठुला सवारीमा ३६ सय रूपैयाँ शुल्क तोकेको छ।

परीक्षा उर्तीण गरेकाहरुले पनि चालक अनुमति पत्र पाएनन्

विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।

लाइसेन्सको अनलाइन आवेदन प्रणाली चार दिनमै बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो

देशभरका २१ वटा यातायात कार्यालयमा दैनिक ५ हजार सेवाग्राहीले मात्रै आवेदन दिन सक्ने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्