२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ। यसअघि शुक्रबारको लागि तोकिएको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि स्थगित भएको थियो।

‘सरकारमै रहँदा पनि न्याय पाइएन’

देशमा चलेको दस बर्से युद्धका कारण आफन्त तथा धनसम्पत्ति गुमाएका पीडित पक्षले तत्कालीन द्वन्द्वरत र सरकार पक्ष सरकारमै रहँदा पनि आफूहरूले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन्।

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरू अघि बढाएको छुः अध्यक्ष दाहाल

अध्यक्ष दाहालले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे।

चुच्चे नक्साप्रति सरकार दृढ

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्ले पारित गरेको चुच्चे नक्साप्रति सरकार स्पष्ट र दृढ रहेको बताएको हो।

सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन्।

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ।

कोशी सरकारविरुद्धको रिटमा १७ गते सुनुवाइ हुने

शुक्रवार (आज) का लागि निर्धारित रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।

कोशी सरकारविरुद्धको रिट न्यायाधीशले हेर्न नमानेपछि सुनुवाइ नै स्थगित

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन्।

कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाइ हुँदै

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

खोज, स्मृति र न्यायको प्रश्न

सत्य, न्याय र परिपूरणलाई पीडित अधिकारका रूपमा स्थापित तथा तत्काल पीडितमैत्री कानुन अनुमोदन गर्दै सक्षम, निष्पक्ष र प्रभावकारी आयोग गठनको प्रक्रिया सुरु गर्नुपर्छ।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन्।

एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती

एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्