१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन्।

आफूले देशको पक्षमा धेरै काम गरेको दावी गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई जनताको बिचमा लैजाने र स्थापित गराउने काम समाजवादी मोर्चाले गर्नुपर्ने बताएका हुन। समाजवादी मोर्चा, नेपालले शुक्रवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेप्रति सङ्केत गर्दै प्रतिपक्षले सरकार र सत्तारुढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्न नचाहेकाले समाजवादी मोर्चाले जनताको पक्षमा गरेका कामको प्रचार गर्नुपर्ने बताए। 

समाजवादी मोर्चा गठन भएयता आफू धेरै खुसी भएको प्रधानमन्त्री दाहालले भनाई थियो। प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा ठूल्ठूला उपलब्धि हासिल गरेपनि प्रतिपक्ष एमालेले संसदमा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गरे।

प्रधानमन्त्री दाहालले प्रतिपक्ष एमालेले आफूले देशलाई बर्बाद पारेको भनेर नेगेटिभ कुरा मात्रै गर्ने गरेको पनि दोहोर्‍याए। उनले केही दिन भित्रै नेपालको इतिहासकै सबैभन्दा ठूलो जलविद्युत परियोजना कर्णाली–चिसापानी जलविद्युत परियोजनाको अध्ययन कार्य सरकारले अघि बढाउने घोषणा समेत गरे। 

प्रकाशित: १५ भाद्र २०८० १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App