२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बिपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन्।

पश्चिम नेपालमै क्यान्सरको उपचार

पाटनखोडपे–९ भट्याड बैतडीकी ३९ वर्षीया जानकी विष्ट क्यान्सर रोगको परीक्षण गर्न चितवन पुग्नु पर्‍यो। पश्चिममा क्यान्सर अस्पताल नहुँदा टाढाको दुरीमा रहेको चितवन पुग्नु पर्ने बाध्यता पनि थियो।

संघीय सरकारलाई मुद्दा हाल्ने बागमती सरकारको निर्णय

अधिकार हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले संघीय सरकार विरुद्ध मुद्धा हान्ने निर्णय गरेको छ।आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको हो।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकील कार्यालयमा बुझाइने

६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकील कार्यालयमा बुझाउने तयारी भएको छ।

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

बन्चरेडाँडावासीको प्रश्न- के सरकार द्वन्द्व पर्खिरहेको छ?

बन्चरे ल्यान्डफिल साइटका सर्वसाधारणले फोहोर अवरोध गर्ने अल्टिमेटम दिएको दुई साता कट्यो। भदौ ११ गते राजधानीमा पत्रकार सम्मेलन गरेर असोज १ गतेबाट फोहोर अवरोध गर्ने अल्टिमेटम दिएका उनीहरूले समस्या समाधानका बाटोमा सरोकारवाला निकाय गम्भीर नबनेको बताएका छन्।

बिपी र बिर्ता

बिर्तावाल मूलतः शाह र राणा खलकका शासकर उनका आसेपासे थिए। बिर्तावाल मोहीबाट प्राप्त कुतले ऐसको जिन्दगी जिउँथे।सरकारलाई कुनै कर भने बुझाउँदैनथे।

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ।

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छिन्।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

कोशीको सरकारलाई राप्रपाको समर्थन छैनः लिङ्देन

लिङ्देनले राप्रपाको तटस्थ बस्ने नीति रहेको र कोशीमा नव गठीत सरकारलाई समर्थन नरहेको स्पष्ट पारे। लिङ्देनले संघीय व्यवस्था आफूहरूको एजेण्डा नै नभएका कारण यसलाई जोगाउनुपर्ने आबश्यकता नरहेको धारणा राखे

कसुरजन्य सम्पत्ति जफतमा सरकार उदासीन

राज्य संयन्त्रको उदासीनताका कारण फौजदारी कसुरका मुद्दामा अदालतको फैसलाअनुसार सम्पत्ति जफत नहुँदा राज्यकोषमा अर्बौं रूपैयाँ जम्मा हुन सकेको छैन। अचल सम्पत्ति जफत गरी जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयन नहुँदा राज्यले वार्षिक १० अर्ब रूपैयाँ गुमाउनुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्