१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दरबन्दी मिलानमा सहयोग नगर्नेलाई तलब भत्ता नदिने

शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्य भइरहेको जनाउँदै सो काममा सहयोग नगर्ने स्थानीय तहमा रहेका शिक्षकहरुको तलब भत्ता लगायतको सुविधा निकासा नहुने जनाएको हो।

अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्नुपर्छ : शिक्षाविद्

अध्यादेश जारी गरेर सबैको सहमतिमा एसईईलाई स्कूलमार्फत् नै गर्न दिन डा. कोइरालाले सुझाव दिए। ‘अबको शिक्षा ऐनमा एसईई परीक्षा खारेज गर्नेबारे लबिङ गर्न जरुरी भएको छ’ उनले भने।

एसइई: ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।

निजी विद्यालयले लिने शुल्कमा मनोमानी गर्ने बाटो खुला

स्थानीय सरकारले विभिन्न बहाना गरेर निजी विद्यालयहरुलाई शुल्क सिलिङ तोक्न नसकेको चार वर्ष भइसकेको छ। यही बहानामा निजी विद्यालयहरुले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन्। यस्तो हुँदा पनि स्थानीय सरकारले भने कुनै कारबाही गर्न सकेको छैन।

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

चिकित्सा शिक्षामा खेलाँची नगरः विवेकशील साझा पार्टी

मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्नका लागि लामो सङ्घर्षपछि २०७५ सालमा ल्याइएको चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेको भनी आइरहेका समाचारहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शिक्षाकर्मी महर्जनको निधन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो।

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा तत्काल तीन मन्त्रालय

प्रदेश पूर्वाधार बिकास प्राधिकरणका अनुसार स्थायी राजधानीमा थप दुई मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भुमि ब्यवस्था सहकारी तथा कृषि मन्त्रालय स्थानान्तरणको अन्तिम तयारी भैरहेको छ।

विभेदपूर्ण शिक्षा: अनलाईन कक्षा ‘एकादेशको कथा’

एक नगरपालिकासहित दश स्थानिय तह रहेको रोल्पाका ७२ वडा मध्य अधिकांशमा आज पनि गतिलो फोन सेवा छैन। स्थानिय तहहरु विकास भनेको सडक हो भन्ने मान्यतामा छन् भने प्रदेश र केन्द्र सरकारलाई राजनितिको काचो खिचडी पकाउन भ्याई नभ्याई छ। जसका कारण शिक्षा जस्तो संवेदनशिल विषयमा सामान्य छलफल समेत हुने गरेको पाईदैन।

असार १ गतेबाट विद्यालयमा भर्ना प्रकृया सुरु गर्ने : शिक्षामन्त्री श्रेष्ठ

‘बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्नुस्।’

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

सरकारले शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले सो बजेट विनियोजन गरेको जानकारी दिए।

कला विकासमा कला शिक्षा

महत्वपूर्ण पक्ष हो, कला व्याकरण। यसमा ज्ञाता भइएन भने दिमागको कुरा क्यानभासमा ओर्लन सक्तैन। यसैले सजिलो बुझिने भाषामा भन्दा थ्यौरिटिकल भन्दा प्राक्टिकल विषयमा ज्यादा ध्यान दिनुपर्छ भन्ने सन्दर्भ निक्लन्छ। शिक्षा र सिकाइको कुरा उठाउँदा यो सही पनि हो।

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।

वैकल्पिक शिक्षाको व्यवस्थापन

प्रत्येकले घरभित्रै सुरक्षित भएर बस्नुपर्ने यस घडीमा अनलाइन शिक्षा नै हालको उपयुक्त र अत्यावश्यक शिक्षा प्रणाली हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्