१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।

काठमाडौँमा १० गतेबाट विद्यालय खोल्ने निर्णय, २७ बुँदे मापदण्ड पालना गर्न पत्र

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने भएको छ।

शिक्षाशास्त्री पाउलो फ्रेइरेको सम्झना

उत्पीडनकारी सामाजिक संरचनामा उत्पीडितहरू आफ्नोभन्दा अरूका लागि बाँचिरहेका हुन्छन्। उत्पीडकको स्वार्थबमोजिम तयार भएको वा उत्पीडनमुखी मूल्य–मान्यता कायम राख्न तय गरिएको शिक्षाले उत्पीडितको मुक्तिलाई कदापि सहयोग गर्दैन।

शिक्षा पत्रकार समूहको २२ औं साधारणसभा, शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ। गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमूलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो।

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।

कोभिडले थलिएको कर्णालीको प्राविधिक शिक्षा

सुदूपश्चिम प्रदेश बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाका सुन्दिप सुनार कर्णाली प्राविधिक शिक्षालयमा विशेष छात्रवृत्ति कोटामा फरेष्ट्री विषयमा अध्ययनरत विद्यार्थी हुन्। उनले झण्डै डेढ वर्षदेखि नियतिम रुपमा पढ्न पाएका छैनन्। दोस्रो वर्षमा प्रवेश गर्नु पर्ने उनी पहिलो वर्षमै थन्किएका छन्।

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।

पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक

विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकारमा गएसँगै पालिकाहरूले शिक्षकहरूको कार्यसम्पादन तथा मूल्यांकनमा अनियमितता गरेको, दलका कार्यकर्तालाई बढी नम्बर दिने विकृति बढेको भन्दै त्यसविरुद्ध शिक्षकहरू असोज १ गतेदेखि कडा आन्दोलनमा उत्रने घोषणा महासंघले गरेको हो।

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

शिक्षा पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

पत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।

स्कुल खोल्ने होडभन्दा तयारी गरौँ

महामारीका नाममा अनन्त कालसम्म विद्यालय बन्द गरिँदा बालबालिकाको सिकाइगत आचरणमा प्रतिकूल प्रभाव परी शिक्षाको गुणस्तर घट्ने तथा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै जाने निश्चित छ।

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन

ऐनको व्यवस्थाअनुसार सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कूल सिटको ७५ प्रतिशत छात्रवृत्तिका लागि निर्धारण गर्नुपर्छ।

शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव

प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिएका छन्।

बाल सिकाइमा अभिभावक

कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्