७ वैशाख २०८१ शुक्रबार
राजनीति

शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव

प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिएका छन्। 

पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले  सडक र भवनजस्ता भौतिक पूर्वाधारतर्फका काममा मात्र जनप्रतिनिधिको ध्यान जाँदा पूर्वाधार भित्रका अत्यावश्यक आवश्यकता ओझेलमा परेको गृह जिल्ला ताप्लेजुङको जिल्ला समन्वयले आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षीक समिक्षा कार्यक्रमलाइ शुक्रवार सम्बोधन गर्दै भट्टराईले शिक्षा क्षेत्रमा लगानी बढाउन र नयाँ पूर्वाधारमा नभई कायम रहेका पूर्वाधारको सवलीकरणमा ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन्। 

जनताको मनलाई मतकोरुपमा र उनैले तिरेको करबाट पारिश्रमिक सुविधा समेत लिएकोले जनप्रतिनिधि जनताप्रति बढी नै उत्तरदायी हुनुपर्ने समेत बताए। जनताप्रति उत्तरदायी बन्ने प्रकृयाले नै लोकतान्त्रिक व्यवस्थाको जग अझ बलियोरुपमा स्थापित हुने उनको भनाई थियो। नेपालको संविधान र व्यवस्था विश्वकै उत्कृष्ट भएर पनि त्यो पढेर मात्र उत्कृष्ट नहुने भएकोले यसको उचित कार्यान्वयन महत्वपूर्ण पक्ष भएको भट्टराईले बताए। उनले स्थानीय सरकारलाई संघीयता कार्यान्वयको महत्वपूर्ण र जनताको सबैभन्दा नजिकको सरकारको रुपमा ब्याख्या गरे। 

ताप्लेजुङका केहि स्थानीय तहले बेरुजु फस्र्यौटमा उल्लेख्य प्रगति हासिल गरेकोतर्फ संकेत गर्दै उनले भने ‘बेरुजु फस्र्यौट र आर्थिक अनुशासनमा नेपालकै अब्बल स्थानीय तहको रुपमा ताप्लेजुङको नाम आउँदा हामी सबैको छाती गर्वले फुल्छ’। 

अरु स्थानीय तहबाट आगामी दिनमा यस्ता नतिजा ल्याउने कार्यमा ताप्लेजुङको नाम दर्च हुने बिश्वास समेत उनले लिए। बेरुजु फस्र्यौटमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका देशकै दोस्रो (०.०६५प्रतिशत),पाथिभरा याङ्वरक गाउँपालिका देशकै तेस्रो (०.०६६ प्रतिशत) र फुङ्लिङ नगरपालिका देशकै ११ औं(०.२६ प्रतिशत) बेरुजु कायम रहेको स्थानीय तह भएका छन्। 

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले तीन तहका सरकारले मिलेर देशको समृद्धिको अभियानतर्फ लैजानु पर्ने बताए। यसका लागि तीनै तहका सरकार जवाफदेहि हुनुपर्ने सांसद हाङ्गामको भनाई थियो। समिक्षा कार्यक्रममा प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,प्रदेशसभा सदस्य होमकुमारी साँवा सहितको उपस्थिति रहेका थियो। 

प्रकाशित: १८ भाद्र २०७८ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App